साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाना छैन, खाना छैन…

Nepal Telecom ad

भीरमा फुलेको फूल जस्तो जिन्दगी नेपालीको
कति गाउँ दुखको गाथा, उकाली ओरालीको ।
भुइँचालोले चाला चाल्यो, दिउँसै लुटी हाल्यो
भत्ताभुङ्ग पार्यो जीवन, टुप्पो बाटै फाल्यो ।
छाना छैन, खाना छैन, खर्चिन खजाना छैन
पीडा छन् पहाड जत्रा, बस्ने ठेगाना छैन ।

ढ्याङ्ग्रो न ढोल बजायो, सट्ट आइ गएछ,
चुर्लम्म नै डुबायो दुखमा, बांकी नै के रहेछ ।
चिसिएर चुसिएर, बोली पनि मास्सिएछ,
चिच्याएर रुँदारुँदै, घाँटी स्याप्पै भास्सिएछ ।
हिजो न्यानो सुखको घर थियो, बनेछ बगर,
भुइँचालोको डरले थर थर गाउँ र सहर ।

खुशी थियौँ हिजोसम्म, आज चीरा पर्यो,
विधाताले हामीसँग, गर्न सम्म गर्यो ।
पीडा कति ? जति भन्नुस्, भनी सकिँदैन,
दुखेसोलाई पोख्ने भाँडो, कतै पाइँदैन ।
पीडा कति हुँदो रहेछ, आफन्तसँग छुट्दा,
निष्ठुरीलाई लाजै लागेन, बेस्सरी आइ चुट्दा ।
नदी किनारको मुढा जस्तै, सुस्ताइ के हुन्छ,
छाल आउंछ कि ? किन पर्खने, आफै पौडिनु पर्छ ।

नुनिलो आँसु लुकी पिएर, कोकाहलमा बाँच्दा,
भोगाइ त भोग्नै पर्छ, के नै हुन्छ भाग्दा ।
जीत हार नै हो जीवन, फेरि जित्नै पर्छ,
बस्तीहरू विरानेर, विदेशिए के हुन्छ ।
एक ढिक्का हुनै पर्छ, सुत्ने होइन जागौं,
भत्किएको देश बनाउन, हौसिएर लागौं ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x