भान्छाबाट
आलु किन्दै पिच्छे तालुका रौँ झर्दै गए,
अचेल त खपिनसक्नु भएर,
तालु नै आलु जस्तो भो,
तोरी बेचेर छोरीको बिहे टर्थ्यो पैले
सून बेचेर नुन खान नसकिने भो ऐले,
मासु खानु त सासुकै भान्छाको भर भो,
प्याज किन्न लिएको रिनको ब्याज कसरी तिर्ने डर भो,
यौटा सिङ्गै तामाको ताउली बेचेर यौटा काउली नआउने भो,
गुन्द्रुक त थ्यो गाउँबाट ल्याको,
बीस रुपियाँमा एक छाक झोल हाल्ने पानी नआउने भो ।