बद्रीप्रसाद दाहाल ‘भस्मासुर’भस्क्यिो प्राज्ञ ओज ?
प्रा.डा. बग्रेल्ती झार्यौ, तर किन जननी, लात हान्छन् नबोली ।
भाषाको श्वास रुक्दा, गुपचुप बनिई, रोकिए प्राज्ञ बोली ।।
सत्ता भत्ता दुबैले, बुधजन जतिको, मुक्त पाण्डित्य लत्र्यो ।
हाम्रो अस्तित्व भाषा , विचलित किन भो, आज पाखण्ड गर्ज्यो ।।
मासी व्याकर्ण सारा, विथिति छरिदियौ, विज्ञको ‘टोप’ लाई ।
चुक्ली वा चाकरीमै, मगज मुटु भुट्यौ, विज्ञको ‘खोप’ लाई ।।
भाषाको रूप मास्दै, कुरुप किन गर्यौ ? खै त सम्ज्ञान खोज ।
स्वार्थैमा ध्यान तान्यौ, बिरुप बुधहरू, भस्कियो प्राज्ञ ओज ।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































