साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१.समाचारको रोटी

घटनाको तावामा पकाएको
खुवाउनु हुन्छ तातो तातो
समाचारको रोटी,
प्यान्टलाई पाइजामा
पाइजामालाई धोती,
आफूलाई जाँच्ने आफै
बनाएका छन् कसौटी
चित पनि उनकै
पट पनि उनकै गोटी,
हजुर, यो आधुनिक युगको सञ्जय
अर्थात मिडिया हो,
उनको रोटीका लागि कृपया
सुनिदिनुस् न चुप लागेर
एउटै समाचार दस चोटि ।

२. मोबाइलमा संस्कार

छोराछोरीको संस्कारसँग
आमाबाबुलाई छैन सरोकार
मोबाइल किनिदिएर
देखाउनु हुन्छ झुठो प्यार
उनका लागि त अचेल
भएको छ सजिलो
मोबाइल बिग्रेमा
छोराछोरीलाई केरकार
र छोराछोरी बिग्रेमा
मोबाइल छ जिम्मेवार ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x