साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अथ उत्तरआधुनिक स्तोत्रम्

Nepal Telecom ad

हाम्रा सांसद नेपाली नामका मात्र छन् तर,
उर्वसी ओठमा लाली घसेर बस्तछे वर ।

निजी सचिव छे आफैं कखरा पनि जान्दिन,
किन हो घरमा झ्याम्ले नराखे बस्न मान्दिन ।

रोस्टम् घेर्नुपरे त्याहाँ पहिल्यै झट्ट पुग्दछे,
अर्का सांसदले आँखा झिम्क्याए मख्ख पर्दछे ।

राजधानी बसी काली कर्णालीमा छु भन्दछे
मेचीका साँधको खम्बा टनक्पुर्भित्र गन्दछे ।

सांसद् नै हुन् बडा मान्छे यिनै हुन् जननायक,
भनी भत्ता थपे धेरै हर्षले आँसु झार्दछे ।

बसाहा मन्त्रि छन् जस्का सालासाली त स्याल छन्,
झर्ला र खाउँला भन्दै औंलाले दिन गन्दछन् ।

खिर्खिरे पछि लागेर न ता क्यै हात पार्दछन्,
बिचरा दुःख पाएर तुरुक्क आँसू झार्दछन् ।

सांसद् वानर हुन् अर्काको खोसी पेट भर्दछन्,
उनी ता नर हुन् झूटो बोलेर देश ठग्दछन् ।

यसो हुँदा नदी हाम्रा स्थान छाडेर बग्दछन्,
गाउँका मुखिया ठाडै बाटामा पनि हग्दछन् ।

नेपालमा हिजो आज उर्वसी छ पतिव्रता,
नाम डम्फु बजाएर जमेकी छ जता तता ।

कर्ता भर्ता बनी गर्छे उर्वसी नकली कुरा,
सधैं सदन दन्काई तन्काई असली सुरा ।

आफ्ना भक्तहरूलाई धेरै द्रव्य दिलाउने,
देब्रे र दाहिने हात एकैसाथ मिलाउने ।

सांसद् प्रिये १ नखर्मौली काँङदेवी कुहेश्वरी
बामदेवीहरू जम्मै फुटेरै सकिएश्वरी ।

पञ्चेश्वरी र सद्भाव फाेरम् नकचरेश्वरी,
देश टुक्र्क्याउने खेल खेल्ने हे अधमेश्वरी ।

यस बाहेकका ढेडू अघिल्ला जन्मका सब,
ज्यानमाराहरू तिम्रै भक्त हुन् के कहुँ अब ।

यो स्तोत्र जसले प्रातः उठेर पाठ गर्दछ,
आफ्नो जीवनामा त्यसले हसुरी पेट भर्दछ ।
सुरूङ्गा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x