साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भित्र घिच्रो जोड्छन्…

Nepal Telecom ad

(पाखे भाका– सुरूमा चट्ट चट्ट, अन्तिममा लेघ्रो)

जालमा जेलिएँछु, भेलमा हेलिएँछु, गहिराई नै ननापी ।
चिन्ता बोकौं कति, टाउको ठोकौं कति, यै पुर्पुरो सरापी ।।

फुल्याउँदै बोके, पछि ढाडमा ठोके, आफ्नै छोरा छोरीले ।
अपाग पो पारे, झण्डै झण्डै मारे, कहाँ खोज्नु बैसाकी ??

लोकतन्त्रे बोट, हुन्न केही खोट, भन्दै कुर्ले सबैले ।
आशमा पारी रन्थे, फल खालास् भन्थे, मर्छु क्यारे नचाखी ।।

बाहिर फुँदा जोड्छन्, भित्र घिच्रो जोड्छन्, गुण्डा तस्कर सबैमा ।
घरै बिग्र्यो ब्यारे, ठिक्क हुन्न क्यारे, सबलाई खोरमा नजाकी ।।

सिधा जान्दैन रे, बातले मान्दैन रे, वीर मसानको छाउरोले ।
हातै किन जोड्थेँ, त्यसै किन छोड्थेँ, कोशीपारे नभाकी ।।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x