साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्खलन

Nepal Telecom ad

हाम्रा मौलिक लोकगीत अबको पुस्ता नसुन्ने भयो
सारङ्गी, किन मौन छस् र मुरलीको लाग्छ सातो गयो ।
बज्दैनन् किन डम्फु, मादलहरू ट्याम्का लजाए अति
आए वाद्य विदेशबाट घरका भागे बरा नौमती ।।

राम्रो आकृतिमा कलाकृति सयौकक रच्थ्यो जहाकक बादल
ढुङ्गासाथ लडीबुडी हुन गई बग्ने कता गो जल ।
लाग्थ्यो आश विशेष आँगन महाँ कौवा कराए पनि
देखिन्छन् किन खिन्न कोइली यहाँ वैशाख आए पनि ।।

भैलो खेल्न गएर आशिष दिने पैले थियो संस्कृति
धम्की दिन्छ, असुल्न खोज्छ अहिले छायो बडो विकृति ।
होली चाड दसैकक, तिहार पहिले हुन्थे मजाका क्षण
खस्क्यो मौलिक पक्ष चाडहरूको को गर्छ संरक्षण ।।

आमाबासित बस्न गर्व अति नै मान्थे पुराना जन
वृद्धाश्रमतिर राख्न खोज्छ अहिले बिर्सेर आफ्नोपन ।
हेपिन्छन् परिवारबाट घरमै पाका, पुराना बढी
लाग्छन् शिक्षितबाट मान्यजनका इच्छा महाँ हत्कडी ।।

पैले शिक्षक देखिँदा अदबले झुक्थे कि लुक्थे तर ।
गर्थे कोसिस उच्च आत्मबलले पाउन्नथे हण्डर ।
कैले पर्छ दरार दो(मन महाँ सम्बन्ध गाढा भए
’पैसा टिक्छ र बिक्छ’ मानिस झनै स्वार्थी र छाडा भए ।।

भन्छन् प्वाँख पलाउँछन् र कमिला मर्छन् विना कारण
सानो स्वार्थ जुधेर हुन्छन् झगडा आफन्त छेड्छन् रण ।
निभ्ने बत्ती उज्यालिए पनि कहाँ टिक्छन् र केही क्षण
हामी उन्नति ठान्दछौकक पतनका बन्छन् तिनै कारण ।।

बैतडी, हालः सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x