साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उसको सङ्गत

Nepal Telecom ad

कस्तो बुझिनसक्नुको सम्बन्ध हर्कलालको उससित ! अठार बर्षको पठ्ठो हुँदादेखिको संगत अहिले साठी पुग्न लाग्दासम्म उस्तै पो छ ! सङ्गत गर्न लायक छैन ऊ भन्ने जान्दाजान्दै छोड्नै सक्दैनथ्यो हर्कलाल ।
“ब्याचलरको सर्टिफिकेट लिएपछि किन गर्थें त्यससँग सङ्गत !” भन्ठानेको थियो उसले सर्टिफिकेट ल्यामिनेसन गर्न जाँदा सुटुक्क भेट्यो ।

बिहे गरेपछि श्रीमतीले जगल्ट्याई हाल्छिन् नि भन्ने थियो हर्कलाललाई तर मनले किन मान्थ्यो ? सुटुक्क बेलाबखत लुकिछिपी भेट्थ्यो ऊ ।

“अहिलेसम्म त धानें तर जागिरबाट अवकास पाएपछि भने धान्न गाह्रो छ । पक्कै यसलाई छोड्छु !” मनमनै बिचार गर्यो उसले । उपदानको चेक बुझेर अफिसबाट फर्कंदै गर्दा सहकर्मी साथीहरूले खाजा ख्वाउन हिर्किट्टी हालेकोले उनीहरूसँगै रेस्टुरेन्ट छिर्यो हर्कलाल । त्यहिँ फेरि जम्काभेट भयो उससित ।
यस्ता घटना त कत्ति भए कत्ति !

असोज लाग्यो । नयाँ संबिधान दुई दिन पछि घोषणा हुँदै थियो । “यो मिति भने सम्झिन पनि सजिलो, महत्वपूर्ण पनि उत्तिकै,…. हो, यै दिनदेखि सङ्गत छोड्छु भन्ने सोच्दै थियो हर्कलाल । अकस्मात छाती चस्किन थाल्यो । स्याँस्याँ र ह्याँक्यार ह्याँक्यार खप्न गाह्रो भएकोले एम्बुलेन्समा अस्पताल दौडाइयो ।

“सङ्गत त लामै गरिए जस्तो छ नि ! यी हेर्नुस् त भित्र ?“ भिडियो एक्सरे गर्दै गर्दा डाक्टरले देखाए हर्कलाललाई ।
“हजुर ! करिब चालीस बर्ष जतिभो डाक्डर साप !“ जवाफ दियो हर्कलालले । उसका आँखा भने कम्प्युटर स्क्रिनमा थिए जहाँ उसले आफ्नो बाल्यकाल गुजारेको घरको सिलिङ्झैं थियो ध्वाँसे, धसिङ्गरे ! कालोमैलो ।

“हेर्नुस् हर्कलालजी अब पनि सङ्गत जारी राख्नु भयो भने चेट्….!” हँस्यौली पारामा भने डाक्टरले ।
घर पुग्ने बित्तिकै हर्कलाल सरासर बेडरूम छिरे । एउटा थोत्रो प्लास्टिक खोजे । बट्टा निकालेर भित्र नहेरी मुठ्ठीमा कच्याक् कुचुक् पारे । सलाई र आस्ट्रे पनि त्यसै प्लास्टिकमा हाली पोको पारे । सरासर तल झरेर सेप्टिक ट्याङ्कको ढक्कन खोली पोको हुत्याए ।
पहिले उसलाई सम्झेझैं आजकाल छातीको ध्वाँसो सम्झिरहन्छन् हर्कलाल ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x