साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइँला, तैंले जिउन जानिनस्

Nepal Telecom ad

ठाउँ हेरेर लुक, अवस्था बिचार गरेर झुक ।
कसैलाई देख्दा घिनलाग्यो भन्दैमा नथुक ।
हेर, कालोलाई कालो नभन्, श्यामसुन्दर भन ।
हावालाई पिठ्युँ दे, बलियो नबन् ।
तैंलाई हिँड्न सजिलो हुन्छ,
भनेर कत्ति सम्झांए मैले, तैंले मानिनस् ।
साइँला, तैंले जिउन जानिनस् ।

छोरा छोरी भोकै राख, बरू आफू नखा ।
तर मालिक भेट्न जाँंदा उसको कुकुरलाई पाउरोटी लिएर जा ।
यसबाट तेरो पदोन्नति हुन्छ, तैंले सुख पाउँछस् ।
एउटै शंकरको परिक्रमा नगरेर, किन सुमेरू धाउँछस् ?
कुमारका कुरा छोड्दे, गणेशलाई गुरु मान,
भनेर कत्ति सम्झाएँ मैले, तैंले मानिनस् ।
साइँला, तैंले जिउन जानिनस् ।


आइटेकको जमाना हो, अलिकति आफूलाई माचो देखा ।
शुद्ध नेपाली नबोल, बिच बिचमा अङ्ग्रेजी मिसा ।
मिल्नु पर्दैन, आकास पाताल जोडेर गफ गर ।
छेपारोले झैं रङ्ग बदल, एउटैको भर नपर ।
यसो गर्दा तेरो नाम र दाम दुवै हुन्छ,
भनेर कत्ति सम्झाएँ मैले, तैंले मानिनस् ।
साइँला, तैंले जिउन जानिनस् ।

भूकम्पले कयौं नेपालीको घर लडायो ।
तर यसैले कत्तिको घर पनि ठड्यायो ।
अहिले नाकाबन्दीले क्यौंलाई सास्ती छ ।
यसैमा पनि कतिीलाई मस्ती छ ।
त्यसैले छोरा छोरीलाई राजनीतिमा लगा ।
टायर बाल्न र ढुङ्गा हान्न सिका बरू, क्याम्पस नपठा ।
एकदिन तिनैले देश हाँक्छन्,
भनेर कत्ति सम्झाएँ मैले, तैंले मानिनस् ।
साइँला, तैंले जिउन जानिनस् ।


जुन नेता विदेशी राजदूतका सामु पर्दा
सुरूवाल भिजाउँछन्, पसिनाले गल्छन्
अनि आफ्ना छोरा छोरीलाई
छात्रबृत्ति मिलाई दिनु प¥यो भनेर हात मल्छन्
त्यस्ता नेताले बानेश्वरमा उभिएर
राष्ट्रियताको चर्का भाषण ठोक्दैमा
अनि तैंले फेसबुकको वालमा
झण्डाले आफ्नो मुख छोप्दैमा, राष्ट्रियता जोगिँदैन,
त्यसैले उठ जाग, बेईमान नेताको पछि नलाग ।
भनेर कति सम्झाएँ मैले, तैंले मानिनस् ।
साइँला तैंले जिउन जानिनस् ।


जसले जनतालाई बर्गीय मुक्तिको पाठ पढाउँछन् ।
र तिनकै भाइ छोराहरूलाई
जातीय पहिचानका नाममा लडाउँछन् ।
त्यस्ताले मौका परे तेरै पनि बली चढाउँछन् ।
र, एकदिन तेरै चिहानमाथि
आफ्नो महल ठड्याउँछन्,
त्यसैले आफ्नो विवेकलाई
दलको दाम्लोले बाँधेर नराख
तँ पनि खाँट्टी मान्छे बन्छस्,
भनेर कति सम्झाएँ मैले, तैंले मानिनस् ।
साइँला तैंले जिउन जानिनस् ।

हेटौंडा– ४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x