साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी एक बित्ताको लँगुटी

Nepal Telecom ad

सबै डिङ्नो डाम्नो छोडेर जाँदैछु
के के न लान्छु भनेकोथेँ
तर आज खाली हात नै जाँदैछु
तिमीले साडी किन्देऊ भन्दा
उल्टो धुरुधुरु रूवाएँ
नाकको फुली हालिदेऊ भन्दा
आँसुले आँखा धुवाएँ
आज एक एक कुरा सम्झदैछु
किन गरे त्यो भनी गम्दैछु
के के लान्छु जस्तो लाग्थ्यो
आज खाली खाली हात जाँदैछु
कपडाको नाममा
एक बित्ता लँगुटी लाँदैछु ।

छोराछोरी मिठो खोज्दा
माड खाऊ भनेँ
परिवारले मासु खाम भन्दा
हाड खाऊ भनेँ
नख्वाई नलाई
खाली घर घडेरी किनेँ
परिवारको कुरो नसुनी
एकलौटी कुरा छिनेँ
तर आज
सुको पनि नलिई जाँदैछु
कपडाको नाममा
चार हात कात्रो लाँदैछु ।

शेरेकी आमा
तिमीले मैले जस्तो नगर्नु
मैले जस्तै रुवाएर मर्दै नमर्नु
मैले त
इस्टमित्रलाई पनि बोलाउँदै बोलाइन
आएकालाई पनि एक छाक पनि
खुवाउँदै खुवाइन
दिदी बहिनीहरूलाई पनि केही दिइन
इस्टमित्रले पनि केही लिएनन्
सालासाली पनि टाढै भागे
आफन्त पनि लाखापाखा लागे
मैले संसार जित्छु कि जस्तो गरेँ
सधैं बाँचिन्छ भन्ने भ्रममा परेँ
तर आज सबै छोडि जाँदैछु
बस्त्रको नाममा
दुईचार हात कफन लाँदैछु ।

शेरेकी आमा
तिमीले मेरो मृत्युबाट
धेरै कुरा सिक्नू
सबको मन जित्नु
सबको मुहार हँसाउनु
छोराछोरीलाई पनि राम्ररी बसाउनु ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x