साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पूर्वीय दर्शनबारे बुटवलमा बहस

Nepal Telecom ad

बुटवल, ९ माघ, ०७२ । पूर्वीय दर्शन र साहित्यका ज्ञाताहरूले पूर्बीय दर्शनका धेरै कुराहरू वैज्ञानिक र अझै पनि काम लाग्दा भएको बताएका छन् । उनीहरूले पूर्वीय दर्शनका मौलिक र वैज्ञानिक पक्षको संरक्षण गर्दै निरन्तरता दिईनुपर्नेमा जोड दिए ।

बुटवल साहित्य कला संस्कृृति प्रतिष्ठानले शनिबार बुटवलमा आयोजना गरेको ‘पूर्वीय दर्शन– बहस” विषयक कार्यक्रममा सहभागी विज्ञ तथा ज्ञाताहरूले दर्शन र साहित्यमा संस्कृत शिक्षा लोप हुँदै र वैज्ञानिक पक्ष हराउँदै गएकामा चिन्ता गरे । कार्यक्रमका प्रमुख वक्ता शुभकर्म सांस्कृतिक पुनर्जागरण अभियानका अभियन्ता घनश्याम कोइरालाले त्यसबारे अवधारणापत्र प्रस्तुत गर्दै नयाँ नेपाल बनाउनका लागि सांस्कृतिक पुनर्जागरण अनिबार्य भएको बताए । “पूर्वीय दर्शनका धेरै कुरा वैज्ञानिक र काम लाग्दा छन् ।” उनले भने— “तर त्यसलाई पूजा हैन मनन र प्रयोग गरौँ ।” उनले पूर्वीय दर्शनका नराम्रा पक्षहरू फेर्न र राम्रा पक्षहरूको उपयोग गर्न आग्रह गरे । भने— “पूर्वीय दर्शन र साहित्यमा धेरै कुरा उपयोगी छन् । त्यो केही होइन भन्ने भ्रम त्यागौँ । तर जस्ताको त्यस्तै होइन त्यसका मौलिक र वैज्ञानिक पक्षहरूलाई निरन्तरता दिऔँ ।”

प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीको अध्यक्षता र साहित्यिक उपाध्यक्ष ऋषि आजादको सञ्चालनमा भएको कार्यक्रममा सहभागीहरूले पूर्वीय साहित्यका विकृति भए छोट्याउन तर वैज्ञानिक पक्षलाई नबिर्सन आग्रह गरे । उनीहरूले भने “अन्ध रुढीग्रस्त कुराहरूलाई स्वीकार त नगरौँ । तर त्यसका व्यवहारिक पक्षलाई अटल बनाऔँ ।” साहित्यकार ऋृषिराम भुसालले पूर्वीय दर्शनमा कतिपय कमजोरी पनि रहेका तर राम्रा पक्षलाई छाड्न नहुने बताए । संस्कृतिकर्मी राजेन्द्रकुमार आचार्यले पूर्वीय संस्कृतिमा सवलता भए पनि प्रयोग र पुनर्व्याख्या गर्न कठीन भएको बताए । उनले पूर्वीय दर्शन मास्न पश्चिमाहरूले फैलाएको अभियानप्रति सचेत हुनुपर्ने बताए । अगुवा पत्रकार बालकृष्ण चापागाईंले सांस्कृतिक पुनर्जागरणमा पत्रकारिताको ठूलो योगदान हुने बताउँदै यसमा आफूहरू लागेको बताए । साहित्यकार नारद गौतमले संस्कृत शिक्षा लोप हुँदै गएकोमा र त्यसको वैज्ञानिक पक्ष हराउँदै गएकोमा सबै चिन्तित हुनुपर्ने बताए । यसैगरी साहित्यकार देवेन्द्र घिमिरेले पूर्वीय सस्कृतिलाई उपयोग गर्नुपर्ने तर अन्ध संस्कृतिलाई परिमार्जन गर्नुपर्ने बताए । कार्यक्रममा सांस्कृतिक अभियन्ताहरू लक्ष्मण रायमाझी, बलबहादुर आचार्य, केवी पुन साहित्यकार तथा कलाकारहरू दीपक विश्वकर्मा, शारदा पौडेल, आरसी चापागाईं, कृष्णप्रसाद कोइराला, गुरुदत्त ज्ञवाली, नारायण ज्ञवाली, पुरुषोत्तम पाण्डे, मनिष पन्थ, प्रकाश अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा रुपन्देही, पाल्पा, नवलपरासी लगायतका अगुवा साहित्यकारको सहभागिता रहेको थियो ।
–दीपक ज्ञवाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x