साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शपथ खाएपछि !

Nepal Telecom ad

कति भोक जाग्दो रैछ शपथ खाएपछि !
अनिकाल लाग्दो रैछ शपथ खाएपछि !

सिद्धान्तले विचारले छलाङ हान्दै जाँदा,
लाज–घीन भाग्दो रैछ शपथ खाएपछि !

भोगविलास–लालसाले शनैः शनैः शनैः
सीमारेखा नाघ्दो रैछ शपथ खाएपछि !

सुरा–सुन्दरीसितैको रङ्गीन जिन्दगानी
ज्यान यसै माग्दो रैछ शपथ खाएपछि !

पहिचानको आधार ‘कङ्गाल’ बन्दै जाँदा
सत्ता आफै डाक्दो रैछ शपथ खाएपछि !
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x