साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाडीमा सिस्नुपानीको हाँसो

Nepal Telecom ad

माघ १९, २०७२ । अधिंकाश कलाकारले आफ्नो मुख्य कमाइँ स्रोत प्रवासमा हुने प्रस्तुतिहरूलाई बनाउँदै आइरहेको बेला सिस्नुपानी नेपाल आबद्ध कलाकर्मीले भने दुबई र कतारमा भिन्न कार्यक्रम गरेका छन् । भिन्न यसअर्थमा कि, कलाकार तथा स्रष्टाहरू विना पारिश्रमिक प्रस्तुत भएका थिए भने दर्शक स्रोताहरूले निःशुल्क प्रवेश पाएका थिए । खाडी मुलुकका श्रमशील नेपालीहरू माझ सकारात्मक उत्प्रेरणा प्रबर्द्धन गर्ने ध्येयले ‘दुई थोपा हाँसो’ कार्यक्रम लिएर पुगेको टोली दुई मुलुकमा ९ वटा प्रस्तुति सम्पन्न गरेर सोमबार काठमाडौं फिरेको छ ।

अघिल्लो साता दुुबईमा युएईका लागि नेपाली राजदूूत धनन्जय झाले उदघाटन गरेको हास्ययोग र कर्मयोग सहितको यो कार्यक्रममा हजारौं श्रमशील नेपाली सहभागी भएको आयोजकको दावी छ । टोलीले सभा हलसंगसंगै नेपालीहरू काम गर्ने थलोमै पुगेर प्रस्तुति दिएको हो । युएईको अल्फाजरस्थित जाफर मेन्टिनेन्स कम्पनीको कामदार बस्ने अल्फुज क्याम्प, रस अल खेमाहस्थित सेरामिक्स स्टेडियम (फुटबल मैदान), आबुधाबीस्थित इन्डियन सोसियल सेन्टरमा प्रस्तुति दिएपछि कतार पुगेको टोलीले अलखोरस्थित अल्जाइबर क्याम्प, सनैया–१५ र सनैया–४१ स्थित क्यूटीसीटी क्याम्प लगायतमा प्रस्तुति दिएको सिस्नुपानीका महासचिव टंक आचार्यले जनाए ।

प्रस्तुति क्रममा कलाकार मनोज गजुरेलले समसामयिक विषयबस्तुमाथि हास्य व्यंग्य, गायक शिशिर योगीले गीत, योगविद डा. राजुु अधिकारीले स्वास्थ्य, योग र सकारात्मक सोच सम्बन्धी प्याकेज, साहित्यकार लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षि र टंकराज आचार्यले हास्य कविता, मुक्तक र गजल लगायतको कोसेली पस्केको महासचिव आचार्यले जनाए । ‘हरेक कार्यक्रममा चार–पाँच सय नेपाली भेला भएका थिए,’ अध्यक्ष लक्ष्मण गाम्नागेले भने, ’हामी काम गरेको थलोमै पुग्दा उहाँहरू घरकै सदस्यसित भेटघाट भएको जस्तै खुशी हुनु भयो । हामी लेखक–कलाकारका लागि यस्तो क्षणमा निकै ऊर्जावान् महसुस हुँदो रहेछ ।’

काठमाडौंको इस्लिङटन कलेज, श्रम मन्त्रालय, प्रभु बैंक, आइएलओ लगायतका संघसंस्थाको सहकार्य रहेको कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउने सिस्नुपानीले जनाएको छ । नेपाली राजदूतावासहरू, गैरआवासीय नेपाली संघ र प्रवासस्थित बिभिन्न नेपाली संघ संस्थाहरूसंगबाट सोचे भन्दा बढि सदभाव र सहयोग मिलेको महासचिव आचार्य बताए । सकारात्मक सोच र जीवनशैली, हास्ययोग, देशप्रेम, पर्यटन प्रवर्द्धनजस्ता बिषयमा केन्द्रित रही हास्यव्यङग्य, गीत, कविता, प्रहशन प्रस्तुत गरिएको कार्यक्रम छिटै मलेसिया, बहराइन, कुवेत, दक्षिण कोरिया लगायतको मुलुकहरूमा समेत लैजाने आचार्यले जनाए ।

कान्तिपुर, माघ १९, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x