साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिल्लीमा सिल्ली

Nepal Telecom ad

झिल्लीका साथ सिल्ली मनखत चुलिँदा दौडियो झट्ट दिल्ली
गर्दै साष्टांग सेवा धुरु र धुरु रुँदै भन्न लाग्यो बिचल्ली
हे दाता, लौ न मेरो वचन सुनिदिनोस् मच्चियो खूब खिल्ली
मेरो उद्धार गर्ने वचन यदि दिए गर्छु सेवा नहल्ली ।

पैसो नै हुन्छ ठूलो प्रभु यति पहिलेदेखि नै हो बुझेको
के गर्ने, मित्र केही अति असल परे यत्तिले रोकिएको
ऐले जाने सबैले तर रकम सबै गुट्मुट्यायो अरूले
लुट्ने ठामै रहेनन् छल कपट गरौं बुझ्न थाले सबैले ।

चन्दा कोही दिंदैनन् पसल कल तथा कारखाना छ बन्द
अर्काले ढ्याउ गर्दा पनि अति झुसिले फैलिने गर्छ गन्ध
डाहा मात्रै गरेरै कति दिन बसुँला माग्न जाँदा दिएनन्
आओ बाँडौं र खाऔं कति कति भनियो किन्तु केही सुनेनन् ।

हाम्रो ‘वा’ बुद्धि जान्ने जब घर म फिरें भन्दछन् यी जहान
आशा गर्छन् मबाटै कर कर छ सधैं एउटै “लौ न हान”
हान्ने ता हो नि गौंडा जब सकल निजी जालले बेरिइन्छ
जालै बेर्नै नपाए अनि भन त गुरो के गरी छोपिइन्छ ।

दाताको मात्र यौटै करुण नजरले कष्ट हर्नेछ मेरो
गौंडा मात्रै मलाई बकस दिनुभई हेर्नुहोस् कार्य मेरो
जो जे छन् रोकिएका डलर र नकली नोट वा भाँग गाँजा
ढिक्का ढिक्का पहेंलो सुन हजुरकहाँ ल्याउँला लिन्छु खाजा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x