साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकी नम्बर– २

Nepal Telecom ad

घर बनाउन सजिलो हुन्छ कि भनेर मैले जग्गा नजिकै कोठा भाँडामा लिन पुगेँ । सामान लिएर बस्न आउनुस् भनेको दिन घरबेटी ढोकामा ठस्स परेर उभिरहेकी थिइन् । डेरा सर्नु जस्तो झ्याउलो काम अरु केही हुँदैन, तैपनि करले सर्नुप¥यो । मोटरबाट सामान झारेर भित्र पस्न खोज्दा हाम्रो बाटो छेक्दै भनिन्– ‘यो महिनाको भाडा दिनुस् अनि मात्र भित्र पस्नुस् !’ मैले भने– एकैछिनमा दिउँला नि ! घरबेटीको ठाडो जवाफ– ‘यहाँ बस्ने मन भए खुरुक्क पैसा दिने, अनि भित्र जाने, अरु लामो कुरो म केही जान्दिन !’ भनेर ढोकामा अडान कसेर बसिन् । यता कोठा पाइयो भनेर उता छोडेर आइसकियो, फेरि फर्केर जाने कुरै भएन, बसौं भने घरबेटीको पहिलो व्यवहारमै जान नि नमिल्ने बस्न नि नमिल्ने चेपुवामा परेँ । पैसाले मरेको जस्तो व्यवहार देखाएपछि ढोकाबाट पस्दापस्दै एकमहिनाको पैसा तिरेँ । बाटो खुल्यो अनि मात्र सबै सामान हुलेँ ।

भोलिपल्टदेखि नियमित रुपमा हामीलाई स्कुलको विद्यार्थी जस्तो सम्झेर बिहानै ट्युसन पढाउन आइपुग्थिन् घरबेटी । बिहानै चिया पकाउन म स्टोभमा दम हाल्दै थिएँ । त्यहीबेला एक्कासी घरबेटी आएर थर्काउँदै भनिन्– ‘तपाईको स्टोभले भर्खर लगाएको रङ कालो हुँदैन ? अहिल्यै गएर ग्याँस किनेर ल्याइहाल्नोस्, स्टोभ बालेको थाहा पाएँ भने मैले जान्या छु’ भनेर पुरै उफ्रिन् । पकाएर खान ग्याँस समेत नहुनेलाई बहालमा दिन पुगेछु भनेर आफैले आफैलाई लोप्वा खुवाउँदै थिइन् उनी । एक कप तातोपानी मुखमा परेको छैन बिहानै बिहानै घरबेटीको रामवाण र उनको ब्यवहार टुलुटुलु हेरेर बस्यौँ । सहेर बस्यौँ । हुने मात्र भए बसालेको चिया पनि घोप्टाएर स्टोभ फाँलुला जस्तो गर्दै थिइन् उनी । कहिले के कहिले के भनेको भन्यै, एउटा न एउटा निहुँ झिकेर कराउँथिन् । त्यो पनि सानो स्वरमा हो र टोलै थर्कने गरी । यस्ता निम्नकोटीको ब्यवहार गरेको देखेर हाम्लाई दिक्क लाग्यो । यो क्रम धेरै दिनसम्म रहिरह्यो । पुरै सैनिक शासन लागु हुन्थ्यो त्यो घरमा ।

घरबेटीको व्यवहारले वाक्कदिक्क भएपछि बूढीले मलाई एक दिन भनी– ‘यहाँ बसेर उभो लाइन्न’ । त्यसपछि चाँडै नै घर बनाउन थालेँ । यता आफ्नो जग्गामा बनेको घरले रुप लिएपछि घरबेटीलाई भेट्दै भन्यौ– ‘हामी भोलिदेखि आफ्नै घरमा सर्दैछौँ । घरबेटीले भनिन्– ‘भाइ ! मैले गरेको व्यवहारलाई तपाईले अन्यथा ठान्नुहोला । तर मैले घरबेटी कस्तो हुनुपर्छ भनेर तपाईहरूलाई शिक्षा दिन खोजेकी हुँ । तपाईहरू पनि घरबेटी बन्दै हुनुहुन्छ, डेरावालाहरूलाई मैले जस्तो थर्काएर राख्नुपर्छ भनेर सिकाएकी मात्र हुँ । आफू त स्कुलकी मास्टर्नी परेँ जहाँ गए पनि सिकाउने बानी, त्यही भएर तपाईलाई पनि सिकाएँ । नरिसाउनोस् है !

त्यो घरबेटीकोे घरमा जम्माजम्मी तीन महिना मात्र बस्यौं । उनको कर्करे स्वभावले गर्दा घर चाँडो बनाएर आफ्नै घरमा सर्न प्रेरणा मलाई मिल्यो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x