साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मृदङ्ग बजाएर बाबा !

Nepal Telecom ad

मृदङ्ग बजाएर बाबा !
रुखहरू मृदङ्ग बजाएर आउँछन्
र मेरो हाँगाबाट
पातहरू खोसेर लान्छन् !
मैले कसरी छोप्ने अब—
जीवन झैँ रोइरहेका
विश्वासका यी विकलाङ्ग गुँडहरू ?

आकाशमा कावा खाइरहेका
बाजका आँखाजस्ता तीखा तीरहरू
सन्सनाउँदै खसिरहेछन्
मेरा सुत्केरी सपनामाथि !
छ्याङ् छ्याङ्ती देखिन्छ— माथि आकाशबाट
मैले कसरी लुकाउने अब—
भोकले एकनास चिच्च्याइरहेका
जुरेलीका यी अबोध बच्चाहरू ?

मृदङ्ग बजाएर बाबा !
रातहरू मृदङ्ग बजाएर आउँछन्
र मेरो कपालबाट
फूलहरू लुछेर लान्छन् !
मैले कसरी रुने अब—
यो बरखी बारेको आकाशका
विवश पैतालाहरू समातेर ?

नजिकै कङ्काल जस्तो घामले
घारे हात लगाएर माटोलाई सरापिरहेको छ
र आतङ्कका पहेँला चङ्गाहरू उडाउँदै
हलहली हाँसिरहेका छन्
बीच सडकमा मान्छेका लासहरू !
मैले कसरी रुने अब—
झ्याउँकीरी झैँ
यी लासका ओठहरूमा टाँसिएर ?

मृदङ्ग बजाएर बाबा !
घामहरू मृदङ्ग बजाएर आउँछन्
र मेरो अँगालोबाट
मलाई नै चोरेर लान्छन् !
मैले कसरी बाँच्ने अब—
गान्धारी आमाहरूको
गर्भपीडाको विषाक्त घाउमा डामिएर ?

उता सिङ्गै सहर बार्दलीमा निस्केर
रात रातभर हाहाकार गरिरहेको छ !
र यता काला सर्पहरू
मेरो नवजात शिशुको ओठमा चुसेर
तन्तनी रगत पिइरहेका छन् !
उफ् ! मैले कसरी बाँच्ने अब—
यो मसान झैँ दन्दनी बलिरहेको
कलिलो पृथिवीलाई काखमा सुताएर ?

(२०४८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x