साइबर अपराध सम्बन्धी सचेतना सामग्री

Nepal Telecom ad

आफै बनाइएको अलङ्घ्य पर्खालको
चक्रव्यूह झैं परिधिभित्र
आफै गढिएका वाध्यताहरूको
हतकडीमा जेलिएर
कैदी भएको यौटा म ।

राम्रो म को भ्रम पालेर
भकारी भ को टाउकोमाथि
डिको जोडेर म बनाउँछु
कैले काहीं पातलो स को
खुट्टो भाँचेर म बनाउँछु ।

निहुरिएको न को मुण्टो
हल्लुँडले झुण्ड्याएर
जबर्दस्ती टाउको उठाएर
राम्रो बनाइएको
यौटा म ।

कति कोमल वाध्यताका हतकडी
कति होचो भ्रमको पर्खाल
चाहेरै होला नछिनाई
नभत्काई आफ्नै खुशीले
कैदी भएको यौटा म ।

फोनको घण्टी बिजुलीको बिल
नमस्ते हजूर मर्का पर्यो
नैतिकताको अवमूल्यन
नजाने कुन बैंकले गर्यो
हल्लुँड पनि तन्कँदै छ
निहुर्मुण्टो निहुरिंदैछ ।

मुण्टो तन्काउने बलियो डोरी
कुन मुलुकमा पाइन्छ होला
ग्लोवल टेण्डर गर्नु पर्यो
नत्र बिचरो म यसै मर्यो
मुण्टो झन् झन् तल झर्यो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x