दुर्गाप्रसाद ग्वालटारेनफैलाऊ खुट्टा
नफैलाऊ खुट्टा, तानिन सक्छ यो
नतन्काऊ छाती, डामिन सक्छ यो ।
भेउ नहोस् कतै, कहाँ छ मथिंगल
मित्रताको नाममा, ताकिन सक्छ यो ।
सुन्दरताको जलप, आँखालाग्दो नहोस्
शेयर बजार भित्र, राखिन सक्छ यो ।
अहंकारको पहाड, थिचिराखेस् सधैं
ठाउँ पाए छिनमै, मातिन सक्छ यो ।
अस्मिताको मृग, लुकी हेर्छन् ब्वाँसा
घाँटी समाई च्याप्प, मारिन सक्छ यो ।
स्वर्गसरि ग्वालटार, नबिगार् है ‘ग्वालटारे’ !
हेक्का गरेस् ल है, भाँडिन सक्छ यो ।
२०७२ फागुन १५
काठमाडौ
Subscribe
Login
0 Comments
Oldest







































