साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली

Nepal Telecom ad

डाँडाकाँडा हरित रङका वायु चल्दै छ मन्द
फुल्दा लाखौँ कुसुम तिनको बोक्छ हावा सुगन्ध ।
आयो अर्को सरस ऋतुको राज अर्को वसन्त
देख्ता नौलो प्रकृति जगको ध्यान जाँदैन अन्त ।।

आयो घुम्दै रङमय भई रङ्गको पर्व होली
पैलेजस्तो कुतुहल, मजा छैन है आज भोलि ।
पुग्थ्यौँ हामी घरघर सबै खेल्दथ्यौँ गीत गाई
हुन्थे कोही रसिक त कुनै लट्ठिने भाङ खाई ।।

बिर्से ऐले सकल जनले होलिकाको कहानी
खान्छन् गाँजा सबतिर, सुरापान गर्नेछ बानी ।
काला सेता वदन र लुगा ‘लैबरी’ चाल हुन्छ
लोला छ्याप्छन् अझ युवतिको हाल बेहाल हुन्छ ।।

खेल्दा होली जल र अमला, कागती स्वादयुक्त
हुन्थ्यौँ साथी रसिक त्यसमा बोझ वा त्रासमुक्त ।
गाई गाना सरस कतिले नाचमा ढाड भाँच्थे
लज्जा त्यागी रहर चुलिई गाउँदै गीत, नाच्थे ।।

ऐले आएँ सहर तर त्यो गाउँको याद आई
होली खेल्ने प्रबल सपना डस्न थाल्छन् मलाई ।
पैलेजस्तो रङ रस हुने चाड चोखो रहेन
देखी धेरै विकृति यसमा खेल्न इच्छा भएन ।।

आए धेरै चलन ननिका ध्वस्त संस्कार हाम्रा
छाए धेरै कमसल प्रथा नासिए पर्व राम्रा ।
पैसा खाना रहर यिनकै होडबाजी चलेछ
खस्के राम्रा चलन सजिलै लोक आस्था ढलेछ ।।

होली खेलौँ सरस मनले रङ्गमा मस्तसाथ
त्यागौँ हाम्रा कलुष मनका स्वच्छ भै भित्रबाट ।
साँच्चै हानौँ विमल मनले मित्रतासाथ लोला
लोला लागे तन र मनमा मित्रता बग्छ होला ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x