साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई टुक्रा

Nepal Telecom ad

१. थप्पडको मुङ्ग्र्रो
हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी फुलेर चना भयौ । हामी चाम्रेर नासिन्छौँ । तिमी उम्रेर झ्याँगिन्छौ । तिम्रो बुद्धि पलाएको पलायै छ । हाम्रो शुद्धि हराएको हरायै छ । अरू बेला हप्काउँछौ, थर्काउँछौ, त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा हाम्रो छाप लिन भने गुलिया भजन सुनाउँछौ । तिमीलाई जिताउँदा पनि उही भयो । तिमीलाई हराउँदा पनि त्यही भयो । मन मिल्दा सहकर्मीसँग घाँटी जोडिएको कुरा गर्छौ । मन भाँडिँदा पानी बाराबार गर्छौ । अँझ, आफ्नो स्वार्थको घैंटो रित्तियो भने बन्द–हडताल, धर्ना–अनसनको परिपञ्च रच्छौ । तालीका लागि बेसुर हुन्छौ । सुर आएपछि पत्रुकारको मनपरी हो भन्छौ । आफूलाई सधैंँ सत्यको राजमार्ग ठान्छौ । जगत्लाई असत्य नै असत्यको नरकधाम मान्छौ । त्यसैले त तिमीलाई पदम कुँवर चाहिएको छ । त्यसकै प्रतिक्षामा युवा पिँढी थामिएर उभिएको छ ।

२. जुम्रेको डायरी
कमलो मन लिएर गरम पकेट छाम्दै छाप्रोभित्र छिर्छु । साहुनीसँग मुस्कुराउँछु । पकेट देखाउँछु । गिलास समाउन भेट्टाउँछु । बेस्कन ठाडो घाँटी लगाउँछु । सितन चवाउँछु । साहुनीको मुस्कानलाई हृदयमा बसाउँछु । प्रेमले पग्लन्छु । केहीबेर उसकै इसारामा चल्ने यन्त्र बनिदिन्छु । एक–डेढ घण्टामै ५–७ हजार रित्याउँछु । साहुनीले गलहत्याएर बाहिर निकाल्दिन्छे । नसा नासिँदै गएपछि मन साह्रो बनाउँदै जान्छु । क्रोधले बटारिँन पुग्छु । मुर्मुरिँदै घर फर्कन्छु । र, नानाभाँतीका अवगाल छिक्दै स्थायी प्रमाणपत्र प्राप्त श्रीमतीको मति उदण्ड पारिदिन्छु । सकुँञ्जेल थिच्छु । नसक्दा उसैबाट थिचिन्छु । जोईपोइको महाभारतले निष्कर्ष नपाउँदै थिलथिलो शरीरलाई निद्रादेवीको शरणमा छाडिदिन्छु । भोलिपल्ट टाउको कन्याउँदै उठ्छु । उठ्नै नसक्ने गरी शरीर दुखेको पाउँछु । श्रीमतीको आवाज सुन्छु– “ए जुम्रे पोइ ! काममा गएको खोई ? बेस्कन धोकेर आयौ, मेरो इज्जत लिलाम गर्यौ । हैन, कत्ति महाभारत रचेर हैरान पार्छौ ?”

तपेश्वरी–१, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x