साइबर अपराध सम्बन्धी सचेतना सामग्री

"धुवाको धागो" कवितासंग्रह सार्वजनिक

Nepal Telecom ad

कवि निरज भट्टराईको “धुवाको धागो” कवितासंग्रह राजधानीमा सार्वजनिक गरिएको छ । कृतिको साहित्यकार डा. अभि सुवेदीले विमोचन गरे ।
सुवेदीले नेपाली कविताका परम्परागत बोलीभन्दा निरजका कविता बेग्लै रूपमा आएको बताए । उनले बताए, ‘डाक्टरी पेशामा रहेका कविले कविताको शल्यक्रियामा नवीनतम आयाम खोतलेका छन्, यसैगरी फरक–फरक पेशामा रहेका व्यक्तिहरूबाट नेपाली कवितामा नयाँ बान्की थपिनुपर्छ ।’ संग्रहका कविताहरूमाथि समालोचक तथा कवि विप्लव ढकालले टिप्पणी गरेका थिए । उनले कवि भट्टराईले आफ्नो समयमा लेखिएका मूलधारका कविताहरूभन्दा पृथक् धार खडा गरेको बताए । साहित्यकार ज्ञानुवाकर पौडेल, विष्णुविभु घिमिरे, बलराम अधिकारी, चन्द्र गुरुङ लगायतका सर्जकले पनि कविको अलग शैली निर्माणबारे चर्चा गरेका थिए ।
निरजले कविता लेखनमा आफूले निजत्व निर्माणमा ध्यान दिएको उल्लेख गरे । पेशाले चिकित्सक रहेका उनले भने, ‘सामान्यतया कुनै व्यक्ति वा सिद्धान्तसँगको लामो संगतले संगत गर्ने व्यक्तिको मौलिकता हराउने गर्छ, तर साहित्य मात्र त्यस्तो अपवाद रहेछ, जसमा डुब्दै जाँदा मैले मौलिकता बढ्दै गएको पाएँ ।’ ४५ वटा कविता रहेको संग्रहको प्रकाशन ऋतुरंग फाउन्डेसन नेपालले गरेको हो । कृतिमा सबै कविताको अंग्रेजी अनुवाद पनि राखिएको छ । अनुवाद बलराम अधिकारीले गरेका हुन् । यसअघि कवि भट्टराईका ‘मेरो भन्नु केही छैन’, ‘तलाश’ गरी दुई गजलकृति प्रकाशन भइसकेका छन् ।

-सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x