साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फत्तेमान स्मृति ग्रन्थ विमाेचन

Nepal Telecom ad

वरिष्ठ गायक एंव संगीतकार फत्तेमान राजभण्डारीको स्मृतिमा प्रकाशित ग्रन्थ ‘सम्झनामा फत्तेमान’ को नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका कुलपति सरुभक्तले जेठ २३ गते विमोचन गर्नु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित प्रवचन हलमा गायक शैलेश सिंहले ‘वनै खायो डढेलोले’, यु.के केसीले ‘रक्तिम अधर छ’, संगीता शाक्यले ‘यस्तो पनि हुँदो रैछ’ फत्तेमानका गीतहरू गाएका थिए ।

कार्यक्रममा साहित्यकार, संगीतकारको ठूलो उपस्थिति रहेको थियो । बासुशशी स्मृति परिषदका अध्यक्ष कृष्ण जोशी सभापति रहेका थिए ।परिषदका सदस्य सचिव एंव ग्रन्थका सम्पादक प्रद्मुम्न जोशीले स्वागत गरेका थिए ।

कार्यक्रममा साहित्यकार यादव खरेल, प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरे, संगीतकार शम्भुजीत बास्कोटा, रत्न सम्सेर थापा र गायक फत्तेमानराज भण्डारीकी धर्मपत्नी श्रीमती जमुना राजभण्डारी आदिको उपस्थिति रहेको थियो । वक्ताहरूले फत्तेमानको सांगीतिक जीवन र उनको सादा जीवन बारे प्रकाश पारेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x