साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संशोधित ‘आमाको सपना’

Nepal Telecom ad

गोपाल प्रसाद रिमालसँग अचानक भेट भयो सपनीमा । मर्त्यलाेकमा छँदा कालो टोपी, लवेदा सुरुवाल र कोटमा सजिने रिमाल स्वर्गलोकमा गएपछि सुट टाइमा सजिन थालेछन् ।

यो परिवर्तित पोशाकको बारेमा मैले जिज्ञासा राख्न नपाउँदै उनले ‘समयअनुकुलको परिवर्तन’ भनेर स्पस्टीकरण दिए । ‘कहीँ तपाइले आफ्नोे चर्चित कविता आमाको सपनालाई पनि परिवर्तन त गर्नुभएन ?’ मेरो जिज्ञासा चुहिन नपाउदै उनले भने– ‘समय अनुकल सवै थोकको परिवर्तन त गर्नै पर्छ नि ।’ यति भन्दै संशोधित आमाको सपना सुनाउन थालिहाले ।

स्वर्गीय गोपाल प्रसाद रिमाले मलाई सुनाएको सो कविताको छोटो अंश यहाँ जस्ताको तस्तै प्रस्तुत गरिदिएको छु :

आमा, त्यो आउँछ र ?
‘हो, बा, त्यो आउँछ ।
त्यो भाँङ र अफिमको भन्दा पनि
तेजिलो नशा छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको
चुम्बकजस्तै गुत्वाकर्षण रहेको
तिमी एक हतियार देख्नेछौ ।
सत्ता, शक्ति र सम्पतिलेयुक्त
त्यो हतियारले तिमीलाई
मदारीले सर्प लठ्याए झै लठ्याउने छ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
अचम्भित हुने छौै,
तर त्यो मोहिनी भन्दा पनि बढ्ता
आकर्षणको प्रतिमुर्ति भएर आउने छ ।
मन्त्रमुग्ध भएर तिमी त्यसमा लट्ठिने छौ

आफ्ना विगतका बाचा कबोलहरू सारा बिर्सेर
त्यसमा लिसो टाँसिए झै टाँसिइरहने
प्रयासमा लाग्ने छौ ।

–ज्योतीलाल बन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x