साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्नहरूको बाढी

Nepal Telecom ad

भूमिगत अक्षरहरू लेखिएको
रोल्पामा भेटिएको डायरी कसको हो ?
कसको हो ?
निबबाट बग्दै गरेको आलो मसीसहितको
रुकुममा भेटिएको रातो कलम ?
कसले छाडेर गएछ राजधानी ?
सपनाहरू थुनिएको पुरानो ट्याङ्का सिन्धुलीको गाउँमा ।
गरिबी पसिनाले धोएको सुट लगाएर
राजनीति गर्नु जोगी हुनलाई होइन भन्दै
जनअदालतको इजलासमा
भरखरैमात्र कसले गरिरहेछ बहस ?
सगरमाथा चढ्ने कुरा गर्दै
कसले तापिरहेछ चौरमा घाम ?
पहेँलो बस्त्र ओढेर मण्डपमा
कसले कोट्याइरहेछ सिन्काले दाँत ?
प्रश्नहरू बग्रेल्ती छन् सडकमा
प्रश्नहरू बाढी बनेर आउने हल्ला आइरहेको छ ,
प्रश्नहरूको बाढी पसेपछि
के होला हाम्रो बस्तीमा ?
हाम्रो शहरमा ?
कौतुहलताका आँखाहरू फालेर
म प्रश्नहरूको बाढी पर्खिरहेको छु ।
मान्छेहरूले भन्न छाडेका छैनन्
प्रश्नहरूको बाढी
पानीको बाढीभन्दा शक्तिशाली हुन्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म देश पढ़्दैछु

म देश पढ़्दैछु

मातृका पोखरेल
माछा, जाँड र रुद्र खरेल 

माछा, जाँड र रुद्र...

मातृका पोखरेल
ऐना

ऐना

मातृका पोखरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x