साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजेटको जेट

Nepal Telecom ad

सखे ! जम्बोजेट विमान आएझैँ भूतलै हलचल हुने गरी बजेट आयो लक्ष्मीका कोखबाट पदार्पण भयाका । स्वर्गलोकमा श्रीविष्णुका सेवक भई इहलोकमा मन्त्रीका नाउँले प्रख्यात भयाका त्रिशुलबाबाजस्तै भविष्यवाणी गर्न सक्ने त्रिकालदर्शी, झुस्स दारीधारी । मुखमा सरस्वतीले वास ग¥याका हातमा बजेटको ब्रिफकेस प¥याका । छुमन्तरधारी अर्थेश्वरका मुखारविन्दरबाट बजेट वाचन हुँदो भयो ।

सबैले सहजै भन्छन् बजेट आयो । तर यो बजेट बडो कष्टका साथ आएको छ । जस्तो आपद् श्रीपरमेश्वरलाई स्वर्गबाट “पारिजात हरण” गरी पृथ्वीलोकमा ल्याउँदा पर्याथ्यो । त्यस्तै आपद् अर्थेश्वरलाई पनि यो बजेट ल्याउँदा पर्या होला । तर जति नै आपद् परे पनि प्रभु ! हजुरको वर्णन जगतैभरि जग्मगाएको छ । गन्धर्व, नर्तकी, धुपधुवाँरे, भान्सेभण्डारे, साहुमहाजन, हाकिम, बडाहाकिम समस्त लोकले हजुरको जयगान गाउँदै छन् । मलाई पनि केही बोलौँबोलौँ लाग्यो प्रभु ! गल्ती भए करजोरी बिन्ती छ माफ पाऊँ । हजुरका मार्फत यो भक्तिगान श्रीहरि विष्णुसमक्ष जाहेर गर्न चाहन्छुु ।

श्रीकृष्णका कृपालु रासलीलाको भजन सुन्न रेडियोको कान निमठ्या त त्यसमा पनि हजुरकै मधुर वाणीको बजेटगान आउँदै रहेछ । स्वर सुनेर आनन्दित हुँदै गएँ । धन्य प्रभु ! मलाई त मनग्गे मन प¥यो । शिक्षालाई सर्वश्रेष्ठ सम्झेर भारी रकम छुट्याउनुभएछ । विचार पुर्याएर विनियोजन गर्ने हो भने त्यत्रो रकम कहाँ लाग्छ र प्रभु ! भित्तो र छानोबिनाका खुल्ला भवनमा पढायो भने साठी हजार मास्टर लाग्ने ठाउँमा बाह्र हजारले काफी हुन्छ । अनि त करोड लगानी लाग्ने ठाउँमा हजारले नै हराभरा हुन्छ । अर्थशास्त्रका ज्ञाता अर्थेश्वरले असीमित आवश्यकतालाई सीमित साधनले पूरा गर्ने कडी काइदाले जानेको रहेछ बा ! सुन्दै गएँ मन प्रफुल्ल हुँदै गयो । गरिबी निवारण हुने, खानेपानी, स्वास्थ्य, बिजुली, सिँचाइ, सञ्चार, यातायात… इत्यादि यावत् ठाउँमा पुर्याउने, शान्ति र सुरक्षा नामका दुवै केटी, तिनै कोटी नेपालीलाई दिने । ए बा ! चाहिने पनि कति हो र दिएको पनि कति हो ! चाहिएको जति सबै पाइएको देख्दा म त दङ्ग परेँ प्रभु ।

तर एउटा कुरामा चाहिँ असाध्यै असह्य भा’थ्यो प्रभु ! त्यत्रो हजुर श्रीहरिविष्णुको पुजारी, कैयौँ नेपालीले तिरस्कार गरे पनि हजुर हरबखत नमस्कार गर्ने । आफ्नै हातमा डाडुपन्यौँ हुँदा पनि विष्णुका अवतार परमसेनाधिपति परमेश्वरलाई भेटी टक्र्याउन भुलेको देख्दा शङ्काले मन त्रस्त भा’थ्यो । प्रभु ! कतै अपत्यारिलो अनिष्ट हुने त हैन ? महाप्रलय भएर भूतलै जलमग्न भयो भने ? भर्खरै दोलखाका भीमसेनलाई पसिना आ’को र त्रिशुलबाबाको अकाट्य भविष्यवाणी पनि भा’को हुँदा हंसले ठाउँ छोड्या’थ्यो प्रभु !

मेरो मनको मर्म बुझेर आत्मज्ञानी ज्ञानेन्द्रका समीपमा मौलिकता दिँदै अर्कै शीर्षकमा सुटुक्क भेटी पुर्याइदिनुभएछ । प्रभु ! धन्य होस् । सारा जगत्लाई जिल्लाराम पार्न सक्ने हजुरको चामत्कारिक खुबीको म जाबोले के बयान गरौँ । हजुरको हातमा अर्को एउटा अवसर आएको छ प्रभु ! सबैले संविधानसभा भनिरहेको बेला यस्तै एउटा जुक्ति झिकेर सबैलाई जिल्लाराम पार्न सके अर्थेश्वर प्रभुको जयजयकार युगयुगान्तर गरिरहनेछन् प्रभु ! मान्छे जातका मूर्खले । जय होस् प्रभुको ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x