साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेजोडा

Nepal Telecom ad

ओ बेजोडा हुन् खोज्नेहरू हो !!
पारपाचुके लिन आतुरहरू हो
किन रुवाउँछौ तिम्रा ती
रगतका साझा डल्लाहरूलाई ?
अति स्वतन्त्रता तिम्रो चाह थियो भने
किन समात्यौ जोडाका हातहरू
किन जन्मायौ कमलका पातहरू ?
झुक्नेछ तिम्रा नुर
सन्तानको नजरमा भरजन्म
कालो देख्नेछन्
फाहा दले पनि त्यो
कालोको कालै रहनेछ र
कुन आधारमा फक्रन्छन् अब
ती कोमल कोपिलाहरू
कसले बर्साउँछ प्रेमको पानी
कसले ओढाउँछ बात्सल्यको बर्को
किन होमियौ प्रेम सागरमा
पौडिन जान्दैनौ भने
खाली अधिकार खोजेर
कर्तब्य च्युत हुँदै
परसंस्कृतिमा निर्लिप्त
हुनु थियो भने !!!
सुन ए !!
नारीलाई थिच्ने मिच्ने पुरुषहरू हो
पुरुषलाई धोखा दिने नारीहरू हो
जोडालाई हैन तिमीले
सन्तानको भविष्यलाई
धोखा दिँदैछौ,
तिनको हृदय कुल्चिदैछौ
बिर्सिदेऊ मनोमालिन्यहरू
नबन न तिमी बेजोडा
त्यो काम त गर्ने नै छ
जसले जोडा बनायो
ममताको भित्री मुटुमा !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
0
Would love your thoughts, please comment.x
()
x