साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरक्षा

Nepal Telecom ad

एक दिन
हाम्रो गाउँमा
एउटा अजंगको गिद्ध आइपुग्यो

भन्यो—
म शाकाहारी गिद्ध हुँ
म तपाईंहरूको काखे बालकहरू ठुँग्ने छैन
म तपाईंहरूको चल्लाहरू च्यापेर उड्ने छैन
गाउँले हो ! गिद्ध देखेर डराउनु पर्दैन
यो गाउँमा गिद्धहरूको तर्फबाट
गाउँकै सुरक्षाको लागि आएको हुँ ।

अर्को दिन
हाम्रो गाउँमा
एउटा मोटो श्याल आईपुग्यो

भन्यो—
म जोगी हुँ र धर्मात्मा श्याल हुँ
म तपाईहरूका कुखुरा चोर्ने छैन
म तपाईहरूका बाख्रा मार्ने छैन
म तपाईहरूको मन दुखाउने छैन
म श्यालहरूको तर्फबाट
तपाईंहरूको गाउँमा
सुरक्षाको निम्ति खटिएको हुँ
तपाईंहरूले अब सुरक्षाको चिन्ता गर्नु पर्दैन ।

अहिले यी दुइ सुरक्षाकर्मीहरू
हाम्रा गाउँका आँगनहरूमा चहारीरहेछन्
हाम्रा कुखुरा, पाठा, चल्लाहरूको लगत राखिरहेछन्
गाउँलेहरूको सन्चो बिसन्चो सोधिरहेछन्
गाउँलेहरू मध्ये कोही सुरक्षा बिरोधी छन् कि भनेर
खोजिनीति गरिह्ेछन्
असुरक्षाको कहिल्यै महसूस गर्न नपरेको
चोरी डकैतीको सम्भावनानै नभएको
हाम्रो गाउँमा
गिद्ध पहरा दिइरहेको छ
र स्यालले गरिरहेको छ रखवारी ।

‘पुल र पर्खालहरू’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x