साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चस्मा

Nepal Telecom ad

तिम्रो बजारबाट किनेको चस्माबाट
म तुरुन्तै मुक्ति चाहन्छु ।
तिम्रो बजारबाट किनेको चस्माबाट
उस्तै देखियो
गुण्डागर्दी र राजनीति
उस्तैउस्तै देखियो
दलाली र निष्ठा
समाजसेवा र व्यापार
केही फरक देखिएन ।
अहँ ! केही फरक देखिएन
सुकिला र मैला मनहरू
परिश्रमबाट आएको ज्याला
र कमिसनबाट आएको नगद
कतै फरक भएन ।
तिम्रो बजारबाट किनेको चस्माबाट
कालो र सेतो रङ्ग
उस्तैउस्तै देखियो
काहीं केही छुट्टिएन ।
अब म ,
तिम्रो बजारबाट किनेको चस्माबाट पुरै मुक्त हुन चाहन्छु ,
नयाँ किन्न सकिन भने पनि
तिम्रो बजारबाट किनेको चस्मा
ढुँगामा किचेर
टुक्राटुक्रा पार्न चाहन्छु ।
कमसेकम खाली आँखाले
कुनै दृष्टिभ्रम हुँदैन
म बाँकी जीवन दृष्टिभ्रममा बाँच्न चाहन्न ।
यो चस्मा बजार तिम्रो हो
यो उत्तरआधुनिक बजार
मलाई थाहा छ ,
मैले अर्कै बजार खोज्नुछ
तिम्रो बजारबाट किनेको चस्माबाट
जे हेरे पनि भ्रमैभ्रम देखिन्छ ।
तिम्रो बजारबाट किनेको चस्माबाट
अहँ ! मैले हेर्न खोजिरहेको त्यस्तो केही पनि देखिएन
पूर्वबाट उदाउन खोजीरहेको सूर्य पनि देखिएन
अहँ ! केही पनि देखिएन
हिलोमा फूल्न प्रतिस्पर्धा गरिरहेका कमलका फूलहरू पनि देखिएनन ।
देखियोस न, यो चस्मा लगाएपछि
हाँसीहाँसी झोला बोकेर बिद्यालय गएका बच्चाहरू
देखियोस न, क्लबभित्र ठुलो स्वर निकालेर हाँसीरहेका ज्येष्ठ नागरिकहरू
निरन्तर सुनियोस उनीहरूको हाँसोको गुन्जन
तिम्रो बजारबाट किनेको चस्माबाट
अहँ ! त्यस्तो केही पनि देखिएन ।
तिम्रो बजारबाट किनेको चस्माबाट
म तुरुन्तै मुक्ति चाहन्छु ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म देश पढ़्दैछु

म देश पढ़्दैछु

मातृका पोखरेल
माछा, जाँड र रुद्र खरेल 

माछा, जाँड र रुद्र...

मातृका पोखरेल
ऐना

ऐना

मातृका पोखरेल
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x