साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुमाई जादु यन्त्रमा

Nepal Telecom ad

(गाईजात्रा– २०७३)

नालायक हुँदै नांगै, हिंडेथ्यौ चोकमा जब ।
पुग्यो राजनीति छाड, नेता! नेपालमा अब ।।
देश भडखालमा हाली, पचायौ कोष झुण्डले ।
दौडाइ दृष्टि हेर्दैछन, अझै सुण्ड मुसुण्डले ।।

डाडु पन्यू समाउने, पदमा हानथाप भो ।
नामको धर्म गर्नेले, देखेन मार्ग पापको ।।
नसकी थेग्न त्यो सत्ता, सुम्पे चाकर तन्त्रमा ।
झनै झुलाउछन् जन्ता, घुमाई जादु यन्त्रमा ।।

चढाए पहिले भेटि, पुजारी बन्न पाउँछन् ।
देखे झैँ गिद्धले सिनु, चिहानतक धाउँछन् ।।
सुइँको सुराक पाएमा, छाडी चौतर्फ नै चर ।
खोसेर लोकको गाँस, असुल्छन् लाशकै कर ।।

नभई कर्मिस्ठ कारिन्दा, घुम्छन् चिल्ला सवारमा ।
सेवाग्राही निराशी भै, पर्छन् सदैब मारमा ।।
थुत्ने धुत्ने हिनामिना, भैन्जेल पछिल्तिर ।
राष्ट्रको उन्नति हुन्न, झुक्दै जानेछ झन् शिर ।।

मौकाले मात्र क्यै हुन्न, इच्छा शक्ति नजागदा ।
सरल त्यागी र निस्वार्थी, भेटिए नि यदाकदा ।।
गिर्दो धूमिल बन्दोछ, नेता नेतृत्वका छवि ।
कलंकित हुँदा दोषी, गुप्चुप् पारिन्छ मुल्तवी ।।

हिंशा अनेक हुँदैछ, बढ्नाले दण्डहिनता ।
कठै ! पिडित पिल्सीदै, न्याय खोज्न पुगोस् कता ।।
अपनाई तिगडम् किर्ते, थापी स्वागतको घडा ।
देखावटी भयो कैद, ती नै रे सबका बडा ।।

कोशिदेखा– ७, काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन्दा छि: हेर्दा नि !! 

सुन्दा छि: हेर्दा नि...

निर्मोही शङ्कर पाठक
गोहीको आँसु 

गोहीको आँसु 

निर्मोही शङ्कर पाठक
बधाई ! छ

बधाई ! छ

निर्मोही शङ्कर पाठक
कुकुर पाल्नेका सान

कुकुर पाल्नेका सान

निर्मोही शङ्कर पाठक
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x