साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर र कुकुर

Nepal Telecom ad

कुकुरलाई घुमाउन निक्लेको बाटामा एक अर्को कुकुर भेटियो । म बाटा छेउ उभिएर ‘खुल्ला दिसा मुक्त क्षेत्र’ घोषणा नगरेको फाइदा उठाउँदै थिएँ । तिनीहरू आपसमा गफिन थालेछन् ।{{read_more}}

बाटामा भेटिएको कुकुर भन्दै थियो– अरूको साङ्लामा बाँधिएर आफ्नो जीवन किन बरबाद गरिरहेछस् ? म झैँ फुक्का भएर हिँड् न ।
मेरो कुकुरले भन्यो– त्यस्तो सस्तो फुक्का भएर के काम ? पेट सधैँ दाम्रिएकै छ । एक पेट खान सारा गाउँ चाहार्नु पर्छ । मैले त यी मालिकको सेवा पाएको छु । मेवा खाएको छु । मालिकले टक्र्याएको खायो, मालिकले भने झैं भुक्यो, टन्न सुत्यो । मलाई घुमाउने–नुहाउने–हगाउने–मुताउने काम मालिक सा’बले नै गर्नुहुन्छ । क्या आनन्द छ !

बाटामा भेटिएको कुकुरले भन्यो– अड्कलेको खाएर के नापिस् ? अराएको भुकेर के लछारिस् ? न आफूखुसी खानु छ, न आफूखुसी हिँडडुल गर्नु छ, न आफूखुसी भुक्न पाउनु छ ! दास जीवन ! भागेर आ, म झैँ स्वतन्त्र बन् । इन्क्लाबको नारा लगा !

मेरो कुकुरले पुच्छर अझ ठाडो पार्दै भन्यो– भड्काउने काम नगर । एक पेट खान नपाउने स्वतन्त्रता मलाई चाहिएन । मलाई एक गासको लागि गल्ली–गल्ली चाहार्नु छैन । बुझिस् ? मलाई यही ठीक छ । बरु चरित्र सुधार । म मालिकलाई सिफारिस गरिदिउँला ।

दुवै ओठ फट्टाई–फट्टाई दाँत ङिच्याएर ड्यार्रङुर्र गर्न थाले ।

म ‘सेवामुक्त’ भइसकेको थिएँ । सेरु’ भनेर साङ्लो तानेँ । ऊ पुच्छर डोलाउँदै मेरो पछि लाग्यो ।

भैरहवा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x