शालिग्राम अर्यालफर्कन्छु छिट्टै घर

आएँ घुम्न अमेरिका रहरले घुम्दै र बुझ्दै गरें ।
कामै छैन मलाइ यो मुलुकता दिक्दारमा मै परें ।।{{read_more}}
रक्सी खाइ रमाउदै सडकमा थर्काइ हिंड्थे पर ।
खाँदै मात्न नपाउने ! किन बसूँ ? फर्कन्छु छिट्टै घर ।।
आफैं मालिकभै भुरा र महिला हेप्थें–हकार्थें त्यहाँ ।
स्वास्नी आफु समान, बालक भुरा पिट्नै नमिल्ने यहाँ ।।
स्वास्नी(बालक बृद्धलाइ बसमा पारेर राख्नै पर ।
आफ्नो सान–कमान छोड्दिन म ता फर्कन्छु छिट्टै घर ।।
भ्रष्टाचार गरें र सम्पति भयो नेता बनें त्यै घडी ।
त्यस्तै गर्छु कमाइ यो डलरमा आँटें नि पाएँ छडी ।।
पैसाले किनि भोट सांसद भएँ आँटें यहाँ त्यै तर ! ।
नेता बन्न सकिन्न कम्प्यूटरले फर्कन्छु छिट्टै घर ।।
व्यापारी म थिएँ र भाउ दरमा गर्थें चढाई त्यहाँ ।
जागीरे म छँदा घुसै कति लिएँ पाइन्न त्यो नै यहाँ ।।
मूर्ती खाग र रक्तचन्दन कयौं चोरें(वसारें पर ।
त्यस्तो गर्न हुँदैन यो मुलुकमा फर्कन्छु छिट्टै घर ।।
मैला फोहर रोड वा सडकमा फाल्ने गरेको मन ।
थुक्नैसम्म नपाइने र च यहाँ गर्दा त तिर्ने धन ।।
सारा मानिसनै समान छ अरे ! हुँदैन जाती थर ।
तल्लो जात भनेर हेप्न नहुने ! फर्कन्छु छिट्टै घर ।।
बाटो खाडलभै धुलो अझ हिलो थ्यो मोड(घुम्ती निकै ।
घण्टा आठ लगाइ बत्तिस किलो पैसा तिरिन्थ्यो ठिकै ।।
हज्जारै कि. मि. आठ घण्ट बिचमा पुग्दैन ईच्छा तर ।।
बाटो काट्न कुरेर बस्नु परने !! फर्कन्छु छिट्टै घर ।।
अर्कालाइ पखाल्न चोक बिचमा थुप्रेर बित्थ्यो दिन ।
खेल्दै तासजुवा र जाँड पिउथ्यौं लागे नि लाग्थ्यो ऋण ।।
काटिन्थ्यो अरुको कुरा , गफ अहा ! क्या मोजको प्रहर ! ।
कामै(काम बिफुर्सदी तर यहाँ फर्कन्छु छिट्टै घर ।।
सिद्धलेक गा.पा.–१ धादिङ
हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest








































