साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फर्कन्छु छिट्टै घर

Nepal Telecom ad

आएँ घुम्न अमेरिका रहरले घुम्दै र बुझ्दै गरें । height=
कामै छैन मलाइ यो मुलुकता दिक्दारमा मै परें ।।{{read_more}}
रक्सी खाइ रमाउदै सडकमा थर्काइ हिंड्थे पर ।
खाँदै मात्न नपाउने ! किन बसूँ ? फर्कन्छु छिट्टै घर ।।

आफैं मालिकभै भुरा र महिला हेप्थें–हकार्थें त्यहाँ ।
स्वास्नी आफु समान, बालक भुरा पिट्नै नमिल्ने यहाँ ।।
स्वास्नी(बालक बृद्धलाइ बसमा पारेर राख्नै पर ।
आफ्नो सान–कमान छोड्दिन म ता फर्कन्छु छिट्टै घर ।।

भ्रष्टाचार गरें र सम्पति भयो नेता बनें त्यै घडी ।
त्यस्तै गर्छु कमाइ यो डलरमा आँटें नि पाएँ छडी ।।
पैसाले किनि भोट सांसद भएँ आँटें यहाँ त्यै तर ! ।
नेता बन्न सकिन्न कम्प्यूटरले फर्कन्छु छिट्टै घर ।।

व्यापारी म थिएँ र भाउ दरमा गर्थें चढाई त्यहाँ ।
जागीरे म छँदा घुसै कति लिएँ पाइन्न त्यो नै यहाँ ।।
मूर्ती खाग र रक्तचन्दन कयौं चोरें(वसारें पर ।
त्यस्तो गर्न हुँदैन यो मुलुकमा फर्कन्छु छिट्टै घर ।।

मैला फोहर रोड वा सडकमा फाल्ने गरेको मन ।
थुक्नैसम्म नपाइने र च यहाँ गर्दा त तिर्ने धन ।।
सारा मानिसनै समान छ अरे ! हुँदैन जाती थर ।
तल्लो जात भनेर हेप्न नहुने ! फर्कन्छु छिट्टै घर ।।

बाटो खाडलभै धुलो अझ हिलो थ्यो मोड(घुम्ती निकै ।
घण्टा आठ लगाइ बत्तिस किलो पैसा तिरिन्थ्यो ठिकै ।।
हज्जारै कि. मि. आठ घण्ट बिचमा पुग्दैन ईच्छा तर ।।
बाटो काट्न कुरेर बस्नु परने !! फर्कन्छु छिट्टै घर ।।

अर्कालाइ पखाल्न चोक बिचमा थुप्रेर बित्थ्यो दिन ।
खेल्दै तासजुवा र जाँड पिउथ्यौं लागे नि लाग्थ्यो ऋण ।।
काटिन्थ्यो अरुको कुरा , गफ अहा ! क्या मोजको प्रहर ! ।
कामै(काम बिफुर्सदी तर यहाँ फर्कन्छु छिट्टै घर ।।

सिद्धलेक गा.पा.–१ धादिङ 
हाल अमेरिका
 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x