साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार 

Nepal Telecom ad

 height=भ्रष्टाचार अचम्मको पिठो लाग्छ 
जति हसुर्यो उति यो मिठो लाग्छ 
टवाक्क टवाक्क जिब्रो पार्दा पार्दै 
करोडौं यो भुँडी भित्र जाँदो रहेछ {{read_more}}
त्यै भएर होला मान्छेले यो 
जति भेटे पनि मजाले खाँदो रहेछ
 
कस्तो चमत्कारी भोजन भने 
जति खाए पनि मजाले पच्छ
खान खुवाउन जानेपछि 
दुई चार करोड त सजिलै बच्छ 
जति खायो उति भोक लाग्ने 
जति हसुरे पनि 
न वान्ता हुने न पखाला लाग्ने 
दुई चार दिन खान पाएन भने 
भाङ चरेसको जस्तो तलतल जाग्ने 
के दैबले बनाएछ गाँठे यो 
अरबौ खादा पनि झन खाउँखाउँ लाग्ने 

प्रेसर बढेकाले पनि खान हुने 
सुगर लागेकाले पनि खान हुने 
रोगीलाई पनि हुने 
जोगीलाई पनि हुने 
यो त गजबको चिज रैछ  
त्यसैले दिन प्रतिदिन लोकप्रिय भइरारैछ 

सरकार दिएको तलब सबै 
घरबेटीले भाडा तिर्दा नै लान्छ 
शहरमा पिएयनकै बच्चा बोर्डिङ गएपछि 
मेरो बच्चा सरकारी स्कूल के मान्छ 
त्यसैले महङ्गै स्कूलमा पढ्न जान्छ 
सबै तलब सकिएपछि यो ज्यानले के खान्छ
बजार भाउ पनि कति महङ्गो 
त्यो तलबले के मात्रा के धान्छ ?
सस्तो यै घुस रहेछ यहाँ 
त्यसैले छोरोले यै टन्न मिलाई मिलाई खान्छ  । 

यो मन पनि खाने अखडा खोज्दै 
कहिले भन्सारतिर ताक्छ 
कहिले अध्यागमनतिर ताक्छ 
सानो काम गराउन आउनेलाई पनि 
ठुलै रकम माग्छ 
आफूलाई अचेल खै के भाको हो 
भ्रस्टाचार बाहेक अरु मुखमै छिर्दैन 
यो बिना त ज्यान 
एक पाइला पनि हिँड्दैन 

मासु खायो भने सुगर बढ्छ 
रक्सी खायो भने प्रेसर चढ्छ 
के थाह यो रक्सी मासुले 
यो ज्यान कहाँ डङरङ्ग लड्छ 
यो भ्रस्टाचार खायो भने आनन्द लाग्छ 
त्यसैले आफ्नो घरमा त साँझ बिहान 
दुबै छाक यही भ्रष्टाचार नै पाक्छ
मलाई मात्र हैन अचेल बजारमा 
कर्मचारीदेखि मन्त्रीसम्म यसको ठूलै माग छ 
भन्नुस् त हजुर 
तपाईंलाई मेरो कुरा कस्तो लाग्छ । 

दाङ, हाल : काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x