साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक्तकका ६ सोइला

Nepal Telecom ad

१.नेपाली जनता र नेता
 
जति जोते पनि खान नमाग्ने 
जति दुखे पनि रुन नजान्ने
सपना बाँड्दा लगाएको टीको 
रिस उठे पनि धून नजान्ने {{read_more}}

२.नेता
सधैँभरि पराईकै आस गर्छंन् ।
घरि घरि उतैतिर बास गर्छंन् ।
मुलुकलाई बन्धक बनाएर 
हाम्रा नेता सत्ताको सास फेर्छन् ।

३.
नेताले सपनाको पेडा बनाउँछ 
सिधालाई बङ्ग्याएर टेढा बनाउँछ ।
संसारकै उत्कृष्ट प्रणाली हो लोकतन्त्र
जनताले आफैंलाई भेडा बनाउँछ ।।

४.
चुनाव अघि विकासको नारा खोक्नु छ
झण्डा समातेर हिडौं नारा घोक्नु छ 
टाउको बलियो बनाऊ है जनताहरू
चुनाव लगतै करको ठूलो भारी बोक्नु छ ।।

५.
सानाले गर्याठ बेस हुँदो रैन्छ ।
ठूलाले गर्याय केश हुँदो रैन्छ 
हेर्दैछु म लोकतन्त्रका झाँकीहरू
लोकतन्त्रमा प्यारो देश हुँदो रैन्छ ।।

६.
धर्तीले आकाशलाई विहे गरी ल्याएको छ 
रातसँग मध्यान्हले चुम्वन गर्न भ्याएको छ 
यहाँ हुने र नहुनेको सीमा खोज्न कठीन छ 
आउनुहोस् विगुती खाउँ यहाँ गोरु ब्याएको छ ।।

धादिङ, हाल : काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x