साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपममा मुक्तक वाचन 

Nepal Telecom ad

काठमाडौं, २०७४ मङ्सिर १६ । उपत्याकाको मौसम चिसो भए पनि अनुपम सिर्जना प्रतिष्ठान नेपाल, कलङ्कीको चौसठ्ठीऔँ रचना वाचन कार्यक्रम बढी तातेको थियो ।{{read_more}} height= प्रतिष्ठानले हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । वर्षको मङ्सिर महिनामा मुक्तक विधाको पालो परेको हुँदा मुक्तकलाई प्राथमिकता दिइएको थियो । कार्यक्रममा स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षता तथा प्राज्ञ नरनाथ लुइटेलको प्रमुख आतिथ्यमा दुई दर्जन स्रष्टाहरूले मुक्तक सिर्जना वाचन गरेका थिए । रचनाहरू राष्ट्रिय भावधरामा ओतप्रोत भएका, जनचेतना मूलक, सामाजिक बिकृति बिरुद्ध प्रहार गरिएका, र शृङ्गारिक रसले भरिपूर्ण थिए । 

कार्यक्रममा रचना वाचन गर्नेहरूमा रमेशप्रसाद गौतम, जगदीश्वर पोखरेल, हरि खनाल, अगन्धर अधिकारी, जनार्दन अधिकारी धड्कन, भुवनहरि सिग्देल, नरनाथ लुइटेल, भाग्यशाली अधिकारी, जसध्वज गुरुङ, उमेश पाण्डे, दिल्लीप्रसाद अर्याल, सितल गिरी, यस.पी.आशा हुनुहुन्थ्यो । यसै गरी चूडा निर्भीक, दुर्गा रिमाल, निर्मल पराजुली, मुकुन्द न्यौपाने, पुरुषोत्तम सिग्देल, हृदयपाणि अधिकारी, बिनुबाबा घिमिरे, सूर्यवदना पण्डित, देवकी ढुङ्गाना, आस्था निरौला, सुनिता सापकोटा, अप्सरा सुनार, मिनबहादुर गुरुङ र गङ्गा आचार्यले पनि आआफ्ना रचना वाचन गरेका थिए । 

संस्थाका महासचिव जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा बोल्नु हुँदै हरेक महिनामा फरक विधाका रचना वाचन गरेर कार्यक्रमको आकर्षण बढाइने बताउनु भयो । सभाध्यक्ष पुरुषोत्तमले आफ्ना धारणा व्यक्त गर्नु हुँदै सहभागीहरूलाई धन्यवादसहित सभा विसर्जन गर्नु भएको थियो । संस्थाकी सल्लाहकार सूर्यवदना पण्डितले आकर्षक शैलीमा कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x