साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशखाने दशकथा 

Nepal Telecom ad

१.नयाँ बोतलमा पुरानै रक्सी क्या हो ?
(उत्तर : रुक्माङ्गत कटुवाल)

२.नगरी नछोड्ने भन्छन् तर गर्ने सुरसारै
 गर्दैनन् क्या हो ? 
(उत्तर : संविधानसभाको चुनाव) {{read_more}}

३.अरबौँको जेथा करौडौँको सम्पत्ति,
उज्यालोमा बस्न बाल्नुपर्छ मैनबत्ती 
क्या हो ? 
(उत्तर : विद्युत प्राधिकरण)

४.नपाउन्जेल पाखुरा सुर्किर्ने, पाएपछि तरक्क
तर्किने क्या हो ? 
(उत्तर : निर्वाचन आयोग)

५.गुण्डासँग गर्धन जोरौँ, आन्दोलनका नाममा
घरै फोरौँ क्या हो ? 
(उत्तर : मजअ फोरम)

६.होक्काँ ठूला मुसे दुला, भित्र पस्यो खुट्टै
लुला क्या हो ? 
(उत्तर : विचरा माओवादी मन्त्री) 

७.आइगुजी पाइगुजी चुनावदेखि डराइ गुजी
 क्या हो ? 
(उत्तर : (नेपाली काङ्ग्रेस)

८.आफ्नो थैलीको मुख बलियो नबाँध्ने 
परीक्षार्थीलाई प्रश्नपत्र चोरीको दोष 
लगाउने ? क्या हो ? 
(उत्तर : प.नि.का.)

९.अरबौँँ घाटा व्यापार गरे पनि कर्मचारीलाई
बर्सेनि बोनस– क्या हो ? 
(उत्तर : आयल निगम)

१०.सञ्चार सेवा दिने भन्दै लामो लाम लगायो,
पहिलोलाई फोन गर्दा तेस्रोको घण्टी बजायो
क्या हो ? 
(उत्तर : नेपाल ठेली कम)

– रने अर्थात रमिते नेपाली, नेपालगञ्ज 
(फित्कौलीका पुरानो अङ्कमा धुलो टकटक्याउँदा फेला परेको)
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x