सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देशखाने दशकथा 

Nepal Telecom ad

१.नयाँ बोतलमा पुरानै रक्सी क्या हो ?
(उत्तर : रुक्माङ्गत कटुवाल)

२.नगरी नछोड्ने भन्छन् तर गर्ने सुरसारै
 गर्दैनन् क्या हो ? 
(उत्तर : संविधानसभाको चुनाव) {{read_more}}

३.अरबौँको जेथा करौडौँको सम्पत्ति,
उज्यालोमा बस्न बाल्नुपर्छ मैनबत्ती 
क्या हो ? 
(उत्तर : विद्युत प्राधिकरण)

४.नपाउन्जेल पाखुरा सुर्किर्ने, पाएपछि तरक्क
तर्किने क्या हो ? 
(उत्तर : निर्वाचन आयोग)

५.गुण्डासँग गर्धन जोरौँ, आन्दोलनका नाममा
घरै फोरौँ क्या हो ? 
(उत्तर : मजअ फोरम)

६.होक्काँ ठूला मुसे दुला, भित्र पस्यो खुट्टै
लुला क्या हो ? 
(उत्तर : विचरा माओवादी मन्त्री) 

७.आइगुजी पाइगुजी चुनावदेखि डराइ गुजी
 क्या हो ? 
(उत्तर : (नेपाली काङ्ग्रेस)

८.आफ्नो थैलीको मुख बलियो नबाँध्ने 
परीक्षार्थीलाई प्रश्नपत्र चोरीको दोष 
लगाउने ? क्या हो ? 
(उत्तर : प.नि.का.)

९.अरबौँँ घाटा व्यापार गरे पनि कर्मचारीलाई
बर्सेनि बोनस– क्या हो ? 
(उत्तर : आयल निगम)

१०.सञ्चार सेवा दिने भन्दै लामो लाम लगायो,
पहिलोलाई फोन गर्दा तेस्रोको घण्टी बजायो
क्या हो ? 
(उत्तर : नेपाल ठेली कम)

– रने अर्थात रमिते नेपाली, नेपालगञ्ज 
(फित्कौलीका पुरानो अङ्कमा धुलो टकटक्याउँदा फेला परेको)
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad