साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावसम्बन्धी दुई ठ्याम्का

Nepal Telecom ad

१. यो देशलाइ उचालौँ ? height=

मुख्या–बैदार–सुब्बा, फुटकर पसले, फूटपाथे समाती  
भ्रष्टाचारी समायौँ, फगत तल–तलै ,छोडिए माथि—माथि । 
सक्छौ ता देश लुट्ने, डन–उपडन जो, बाघ–भालू समात  
सत्ता भत्ता लिएरै, कमिसन पिउने, शीर्ष टुप्पी समात ।।१।।{{read_more}}

दिन्छौ रे लोकतन्त्रै, भनिकन गफमा, दिन्छ झन् भद्रगोल  
पर्दामा छोपिएरै, मुलुक रकम ली, मोज गर्ने अघोर । 
त्यस्ता ढाँटी र खाँटी, पर मुलुक डुली, देशको कोश भाँच्ने  
पापी–लोभी, छुटाउँ, जनमत बलमा, ताण्डवी– नाच नाच्ने ।।२।।

योद्धाको रक्त बेची, पर मुलुक पुगी, बैक खाता खुलाइ  
स्वास्नी– छोरा र छोरी, परिजनहरू नै पार्टी–नेता बनाइ । 
त्यस्ता स्वार्थी– निकम्मा, परतिर धकेली, योग्यमा भोट हालौँ  
जो–जो छन् भ्रष्ट नीचा, खतम अब गरी, देशलाइ उचालौँ ।।३।।

 

२. अपील ? अपील ? ? अपील ? ? ?

हारोस् है ‘डनवाद’—ले विजय होस्, श्रद्धा र सिद्धान्तको
हारोस् है ‘धनवाद’—ले विजय होस्, द्रष्टा र दृष्टान्तको ।
हारून् भ्रष्ट अयोग्य दुष्ट चुसुवा, भाते र छातेगण 
जित्द्यौ कर्मठ योग्य ग्रासरुटमा, डुल्ने र घुम्ने मन ।।

धेरै दाम कमाउदै सहरमा, दर्बार थप्नेहरू 
घूसै घूस पिएर मूल दलको, सिद्धान्त मास्नेहरू !
चैतेका हुलमा बसेर जनता– त्यागी लखेट्नेहरू 
यस्ता छेद बढार हिम्मत झिकी, हे भोट हाल्नेहरू !!!

धादिङबेँसी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x