डा. कपिल लामिछानेकस्ता स्वार्थी बाआमा !
सारै प्रेम बस्यो । नतिजा विवाह भयो, बालबच्चा भए । बढेर ठूला पनि भए । केही ‘डायलग’ उनै रहे, केही बदलिए ।
परिवर्तित ‘डायलग’मा ‘तिमी पहिले कि म’ बढी हुन्थे ।
–म तिम्रो काखमा मर्न पाऊँ ।
–नाइँ म तिम्रो काखमा मर्न पाऊँ ।
एक दिन समझदारीपूर्ण सहमति भयो– यस्तो प्रगाढ प्रेम छ । प्रतिफल दिएको प्रेम छ । इच्छै गर्ने हो भने सँगै मर्ने इच्छा किन नगर्ने ? दुवैले प्रण गरे ।
–हामीसँगै मर्न पाऊँ ।
–हामी सँगै मर्न पाऊँ ।
दुवै प्रफुल्ल भए । कुरा सँगैको कोठाका छोराछोरीको कानमा परेछ । तुरुन्त आएर आपत्ति गरे ।
–कस्ता स्वार्थी बाआमा । सँगै मरे हामीलाई कसले हेर्छ ? हाम्रो चिलबिल हुँदैन ?
–पालोपालो मर्नुहोला ।
भैरहवा
Subscribe
Login
0 Comments
Oldest






































