साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली काइदा

Nepal Telecom ad

हामी धेरै बाठा जाति । हामीलाई हाम्रा धर्म, संस्कृति, परम्परा र पुर्खाहरूले नै बठ्याइँ गर्न सिकाएको । {{read_more}} हामीलाई कुनै पनि काम सम्पन्न गर्न जस्तोसुकै प्रतिकूल height= परिस्थिति र स्रोतसाधनको अभावले पनि रोक्न सक्दैन । हामी आफ्नो मौलिक चर्तुयाइँले त्यस्ता अप्ठेरा फुकाइहाल्छौँ । हाम्रो धर्मशास्त्रले नै सकेसम्म सक्कली, नभए नक्कली उपायबाट पनि आइपर्ने बाधाव्यवधान निम्ट्याउनू भनेर सिकाएको छ । पूजाआजा, दानधर्मका कार्य गर्दा सके जमिन दान गर्नू, नसके हात्ती, त्यो नसके गाई र त्यो पनि नसके गाईको चित्र भएको पैसा दान गरे पनि हुने विकल्प दिएको छ । हामी नरिवललाई गणेश, शालिग्रामलाई शिव, कुशको मूर्तिलाई ऋषि मानेर पूजा गर्छौं । मान्छे कुनै कारणले मर्यो र लास फेला परेन भने कुशको लास बनाएर दाहसंस्कार गर्न शास्त्रहरूले सिकाएका छन् ।

एउटा ठूलो विवाह भोजका लागि तयार मासुको खड्कुँलो एउटी काली कुकुर्नीले छोएपछि उत्पन्न संकट टार्न बाठा पुरोहितले ‘काली कुत्तिम महाउत्तिम खैरी कुत्तिम तथैवचस्’ भन्ने मन्त्र पढेर काम चलाएको कथनचाहिँ चुट्किला मात्र होला । तर यथार्थमै पनि हामी विकल्पवादी जाति हौँ । ब्राह्मणले हरेक बिहान नुहाउने, नसके मुख धुने, त्यो पनि नसके शरीरमा पानी छर्केर शुद्ध हुने बठ्याइँ गर्न छूट छ । छुन वर्जित कुरा छोइएमा गहुँत छर्केर वा गौ दान गरेर चोखिन सकिन्छ । गौ दानका लागि पनि गाई नै चाहिन्छ भन्ने छैन, द्रव्य दान गरे पनि हुन्छ । जसरी पनि काम चलाउनुपर्छ, अड्काउनु हुँदैन भन्ने हाम्रो प्रगतिशील परम्परालाई मान्नैपर्छ ।

धर्मशास्त्रका कुरा छाडेर मानवशास्त्रका कुरा गर्दा हामी कामचलाउ प्रविधिका लागि साँच्चै निपुण छौँ । हाम्रा हजुरबासँग धेरै वर्षदेखि उनका भान्जाले लाहुरबाट ल्याइदिएका खुइलिएका बुट थिए । कतै मेलापर्व वा निम्ता मान्न जानुर्पयो भने हजुरबा तोरीका तेलमा कराइको मोसो मुछेर पालिस बनाउनुहुन्थ्यो र झुम्राले दलेर जुत्ता टल्काउनुहुन्थ्यो । हामी चप्पलको लोती छिन्यो भने इजारको लोती वा पिनसियोले तुनेर पनि काम चलाउँछौँ । छोराछोरीका सेता जुत्ता धोइदिन भ्याइएन भने चक दलेर स्कुल पठाउँछौँ । खुट्टामा पाइन्ट र शरीरमा दौरा लगाएर टेलिभिजनमा समाचार भन्ने समाचारवाचकसँग तपाईंको पनि साक्षात्कार भएकै होला । कामचाहिँ चल्नुर्पयो क्या !

टालटुल, छोपछाप गरेर काम चलाउन हामीलाई सरकारले पनि सिकाउँछ । विदेशी पाहुना आउँदा फोहोरमैला र खाडल छोपछाप पारेर काठमाडौँलाई रातारात टल्काएको हामीले देखेकै छौँ ।

सरकारमा पनि परराष्ट्र मन्त्रालयको राहदानी विभागले हाम्रो यस्तो मौलिक कामचलाउ शिल्पको उच्चतम प्रयोग गरिरहेको समाचार थाहा पाएर गौरवान्वित भयौँ । त्यहाँ राहदानी बनाउन आउने रंगीन कपालधारी नागरिकलाई जुत्ताको पालिस दलेर कालो बनाइदिने गरिएको रहेछ । जनताको काममा यतिविघ्न संवेदनशील निकाय आजसम्म देखिएको थिएन । राहदानीका लागि लाइनमा लागिसकेका सेवाग्राहीलाई कपालकै कारणले फर्किन नपरोस् भनेर राष्ट्रसेवक कर्मचारीले कामचलाउ बुद्धि निकालेका रहेछन् । हाम्रो कपालको मौलिकता जोगाउन नियम कानुनभन्दा माथि उठेर मौलिक जुक्ति लगाउने राहदानी विभागलाई धन्यवाद छ । सस्तैमा कपाल पालिस गरिदिने प्रहरीलाई पनि धन्यवाद । खुट्टामा लगाउने जुत्ताको पालिस शिरमाथिको कपालमा लगाउन मान्ने भद्र नागरिकहरूको पनि जय होस् ।
रातारात पिच, तीनकुने छोपछाप । 

नेपाल, पुस १८, २०७५
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x