साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बडाबड

Nepal Telecom ad

 height=आम चुनाबको अघिल्लो दिन 
“ए भरिया दाइ म एउटा सजिलो काम दिन्छु गर्छौ ?” {{read_more}}
“कस्तो काम होला कुन्नि ? गरम्ला नि के रे ।” घेरो फाटेको टोपी पन्छाएर टाउको कन्याउदै भरियाले दिएको जबाफमा प्रस्ताबकले थप प्रष्ट्यायो“ काम अनौठो खालको तर सजिलो छ । पैसा पनि कुस्त आउछ ।”
“के काम हो लु दिनुहोस् काम ?” भरिया कस्सियो ।

“गर्न सकेनौ भने ठूलो सजाय हुन्छ नि मन्जुर ?” तामा तुलसीको साथमा हतियारधारी डनलाई देखाउदै भोट किनुवा कड्कियो ।
“हुन्छ त नि ।” भरियाले मनमा डर र धाक देखाएर भोट किन्ने दिन गए बाबै । मलाई निरीह एक्लो भरिया देखेर हेपेको ? पख तँलाई जानेको छु भन्ठान्दै ढुक्क देखिएझै गरि जबाफमा भन्यो ।

“उसो भए लौ हिजो बेलुका भोज खुवाएर नोटको बिटो दिनेलाई भोट नदेउ त ।”
“ए ऽ यस्तो कामको त रेट ह्वात्त बढेको छ हजुर । हामी सबै भरियालाई आजै बासको लागि जग्गा पास गरि दिने भए मैले मात्र होइन सबै भरियाको भोट हजुरको बक्सामा हाल्ने मेरो वचन भो । दिन सक्नुहुन्छ के बासको लागि जग्गा ?”

“पखलास तँनाथे भरियाको यत्रो फुर्ती ! तेरो शेषी नझारी कहाँ छाडौँला र ?” भन्दै भोट किनुवा फर्क्यो ।
उस्को बापबैरी दलले सरकार बनाएपछि सत्तारूढ दलमा प्रबेश गरेको भोट किनुबाले सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता भरिया जस्ता असङ्गठितलाई दिनुहुन्न भनेर वकालत गरेको देखेर त्यो भरिया चित खायो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
अवस्था

अवस्था

सीताराम नेपाल
सहरिया

सहरिया

सीताराम नेपाल
भीडको न्याय

भीडको न्याय

सीताराम नेपाल
माया

माया

सीताराम नेपाल
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x