साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्व कविता दिवसमा विशेष कविगोष्ठी

Nepal Telecom ad

 height=२०७५ चैत्र ७ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च)का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । {{read_more}} प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सवको (दिवस)को भव्य आयोजना गर्ने गरेको सुनाउँदै कवि र कविताको सम्मानमा युनेस्कोले कविताको पठन संस्कृतिको विकास, यसको महत्व र गरिमाको सम्मानार्थ विश्व कविता दिवसको थालनी गरेको उल्लेख गर्नुभयो । उहाँले कविता दिवसलाई देशभरि उत्सवका रूपमा मनाइनु पर्नेमा जोड दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रममा बोल्दै कविहरूले विश्वमा कवितालाई नयाँ उचाईमा पु¥याउनका लागि गरेको योगदानको कदर गर्दै विश्व कविता दिवसको परम्परा थालनी भएको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानले नयाँ तथा पुराना सबै पुस्ताका कविलाई निम्त्याएर कविता वाचन गर्ने गरेको उल्लेख गर्दै कार्यक्रममा वाचित  कविताहरूले कविता दिवसलाई सार्थक बनाएको विचार व्यक्त गर्नुभयो । 

काव्य विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेलले कविता सुनाउने कुराले मात्र होइन, सुन्ने र मनन गर्ने कुराले पनि कविताप्रतिको सम्मान प्रकट हुने बताउनुभयो । उहाँले विश्व कविता दिवस कवि र कविताको सृजनात्मक महिमालाई सम्मान गर्नका लागि युनेस्कोको निर्णयअनुसार मनाइन थालेको उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोको निर्णयअनुसार सन् १९९९ मार्चको २१ का दिनदेखि विश्वकविता दिवस मनाउन थालिएको थियो । डा.पौडेलले कविताले मानिसको वाकस्वतन्त्रतालई बल पु¥याउने भएकाले समृद्ध समाजका लागि कविता निकै प्रभावकारी माध्यम हुने र कविताले चेतनाको अभिवृद्धि गर्दै समाज रूपान्तरणमा समेत मद्दत पु¥याउने बताउनुभयो । डा.पौडेलले थप्नुभयो, “कवितासँग मानिसको आत्मिक सम्बन्ध रहेको छ ।”

कार्यक्रमका सभापति एवम् प्रज्ञा–प्रतिष्ठान–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले विविध कविका विविध भाव र लयका कविताले आफूलाई आल्हादित बनाएको बताउँदै  कविता भनेको कृष्ण मन्दिर र न्यातपोलजस्तो हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रा कविता लेख्न निरन्तर साधना र काव्यिक सत्सङ्ग चाहिन्छ ।”

सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले कवि धरणीधर कोइरालाले भन्नुभएजस्तै कविताले मानव जीवनलाई सार्थक बनाउने धारणा राख्नुभयो । उहाँले सन् १९९९ मार्च २१ का दिनलाई फ्रान्सको पेरिसमा सम्पन्न युनेस्कोको बैठकले विश्व कविता दिवस मनाउने युगान्तकारी निर्णय गरेको बताउँदै मानवता र मानवीयतालाई जोड्न र भातृत्व सम्बन्धलाई प्रगाढ बनाउने काम कविता दिवसले गर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “कविता भनेको मानवको भित्री आँखा हो ।”

गोष्ठीमा खुमनारायण पौडेल, जयन्ता पोखरेल, जीवनाथ धमला, कौशिला रिसाल, भीष्म उप्रेती, शान्ति शर्मा, रूपक अलङ्कार, घनेन्द्र ओझा, लिखत पाण्डे, भारद्वाज मित्र, विश्वविमोहन श्रेष्ठ, डम्बर पहाडी, श्याम रिमाल, गोपाल अश्क, विन्दु शर्मा, नन्दु उप्रेती, मधुसूदन गिरी, लक्ष्मी उप्रेती, रमेश पौडेल, नवीन प्यासी, बलराम दाहाल, शान्ति सापकोटा, जयन्ती सत्याल, कलानिधि दाहाल, प्रगति राई, देवकी अभिलाषी र प्रथासमेत २७ कविले आ–आफ्ना कविता कविता वाचन गर्नुभएको थियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x