साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरलमा कवि केशव सिलवाल

Nepal Telecom ad

 height=हरेक महिनाको दोश्रो शुक्रवार दिनको ठिक ३ बजे शुरुहुने जन साहित्यिक मञ्च, नेपालको ५५ औं अविरल जनसाहित्य यात्रा आज ८ चैत्रमा अखिल नेपाल लेखक संघका अध्यक्ष कवि केसव सीलवालको एक दर्जन कविता सुनेर सम्पन्न गरियो । {{read_more}} केसव सीलवालले म चेपाङ हुँ, ग्लोबल कन्टेनर, चिवे चरा, अपराध, एक प्रान्त देश, जोखिम, सरमको अर्थ र सीमली छाया शीर्षकका कविता आफै वाचन गर्नु भएको थियो भने कवि उर्मिला कोइरालाले तुइनमा उल्टो झुण्डिएर, बम वानियाले सानो गोजीको मानिस, तेजविलास अधिकारीले धुले सडक र डा.विन्दु शर्माले देश अर्थात कम्पनी कविता रचना वाचन गरेर सघाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समालोचक डा.ताराकान्त पाण्डेले सीलवाल समकालीन पुस्ताका प्रखर कवि भएको बताउँदै यिनी विचारको वीउ जोगाउँदै विचारकै कवि हुन् । यीनको कवितामा वीचारको प्रखरता, विचारको तिव्रता छ, कही कतै पनि विचार खजमजीएको छैन भन्नु भयो । कार्यक्रममा पूर्व मन्त्री शान्ता मानवी, जन सांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, प्रलेसका अध्यक्ष मातृका पोखरेल अतीथि रहनु भएको सो कार्यक्रमका सभापती जन साहित्यिक मञ्चका अध्यक्ष हुनुहुन्थ्यो भने साहित्यकार शीतल गिरी कार्यक्रममा सहजकर्ताको रुपमा प्रस्तुत हुनु भएको थियो ।

कार्यक्रममा जन गाएक जेबी टुहुरे, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ नन्दु उप्रेती, प्राज्ञ नमुना शर्मा, समालोचक पुरुषोत्तम सुवेदी, कवि विमल निभा, कवि सार्दुल भट्टराई लगायतकाको गौरवमय उपस्थिति रहेको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x