
पर्दा झरेपछि
स्कुलमा पच्चीस (२५) रुपियाँ मागेको रहेछ । आएको टिमलाई चिया नास्ता, खाना पिना आदि गर्नुको लागि ।

प्रिन्सिपल : (क्लास टिचरलाई) भोलि सबै नानीहरूलाई दस (१०) रुपियाँ ल्याउनु भन्नुहोस् । भोलि स्कूलमा एउटा फ्रि मेडिकल कैम्प आउँदैछ । आउने आगन्तुकको लागि चिया नास्ताको व्यवस्था गर्नु पर्ने छ ।
क्लास टिचर : (कक्षाकोठामामा पस्दै) भोलि सबैले पन्ध्र (१५) रूपियाँ लिएर आउनू, भोलि स्कुलमा एउटा फ्रि मेडिकल कैम्प आउँदैछ । आउने पाहुनाको लागि चिया नास्ताको व्यवस्था गर्नु पर्ने छ ।
विद्यार्थी : (आमासँग) आमा भोलि हाम्रो स्कुलमा बीस (२०) रुपियाँ मागेको छ । स्कुलमा फ्रि मेडिकल टिम आउँछ रे उनीहरूलाई मिठाई चिया खाजाको बन्दोबस्त गर्नु पर्छ रे !
आमा : (पतिसँग) सुन्नुहोस् त बाबा, भोलि नानीको स्कुलमा फ्रि मेडिकल कैम्प आउँदैछ रे । स्कुलमा पच्चीस (२५) रुपियाँ मागेको रहेछ । आएको टिमलाई चिया नास्ता, खाना पिना आदि गर्नुको लागि ।
(पर्दा खस्यो)
०००
सिलगढी, भारत