सुलसुलेउदयपुरमा प्रलेस स्थापना र भैरव स्मृति दिवस
प्रगतिशील लेखक संघ नेपाल उदयपुर जिल्ला शाखाले मंगलबार गाईघाटमा प्रगतिशील लेखक संघ नेपालको ७१ औँ स्थापना दिवस तथा ८६औँ भैरव अर्याल स्मृति दिवस एक कार्यक्रको आयोजना गरी मनाएको छ ।

गाईघाट, उदयपुर, असोज ५, २०७९ । प्रगतिशील लेखक संघ नेपाल उदयपुर जिल्ला शाखाले मंगलबार गाईघाटमा प्रगतिशील लेखक संघ नेपालको ७१ औँ स्थापना दिवस तथा ८६औँ भैरव अर्याल स्मृति दिवस एक कार्यक्रको आयोजना गरी मनाएको छ ।
नेपाल निजामती कर्मचारी संगठनको सभा हलमा आयोजित सो कार्यक्रममा वक्ताहरूले प्रगतिशील लेखक संघ स्थपना गर्दा श्यामप्रसाद शर्माले व्यहोरेका समस्या तथा विभिन्न वाम विचारका लेखकहरूलाई एकत्रित गरेर एउटा छाता संस्था स्थापना गरी अहिले देशभरी सञ्जाल फैलाउन सफल भएकोले भोलिका दिनहरूमा लेखक संघले नेपालीहरू बसोवास गरेको विदेशी भूमिमा समेत संगठन निर्माणमा सहयोग पुग्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा वक्ताहरूले नेपाली हास्यव्यङ्ग्यका कुशल शिल्पि भैरव अर्यालका बारेमा पनि चर्चा गरेका थिए । मोतीराम भट्टपछि छोटो समयमा मृत्युवरण गर्न पुगेका अर्यालको तत्कालिन अवस्थामा लेखिएका हास्यव्यङ्ग्यले अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिकता पाइरहेकोले नेपाली हास्यव्यङ्ग्यका क्षेत्रमा उनको योगदान अतुलनिय रहेको वक्ताहरूले चर्चा गरे ।
प्रगतिशील लेखक संघ नेपाल उदयपुर जिल्ला शाखाका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रखुख अतिथि प्रलेस नेपालका राष्ट्रिय परिषद् सदस्य हिमालय पौडेलले प्रगतिशील लेखक संघ नेपाल देशव्यापी रूपमा संगठन भएको साहित्यिक संस्था भएको र वामपन्थी राजनीतिक विचार बोकेर लेखन क्षेत्रमा लागेका पाँच वाम राजनीतक दलका लेखकहरूको विचार साझा गर्ने संयुक्त थलो भएको बताए ।
सो अवसरमा मुना खत्री, सिर्जना सरोवर, शारदाप्रसाद भट्टराई, श्याम ढुङ्गाना, चन्द्रनारायण चौधरी, हर्क नारायण श्रेष्ठ, खिला घिमिरे बँुइपाखिरी, कुवेरकान्त काफ्ले, हिमालय पौडेल, माधव पोखरेल गोज्याङ्ग्रे लगायतका स्रष्टाहरूले रचना वाचन समेत गरेका थिए ।
०००
– माधव गोज्याङ्ग्रे, उदयपुर गाईघाट
Subscribe
Login
0 Comments
Oldest











































