साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा किशोर पहाडीलाई चक्रपाणि स्मृति पुरस्कार

चक्रपाणि स्मारक प्रतिष्ठानबाट प्राप्त समाचारअनुसार चक्रपाणि चालिसेको १३९ औँ स्मृति दिवसको अवसरमा पहाडी सम्मानित हुनुभएको हो ।

Nepal Telecom ad

यस वर्षको चक्रपाणि स्मृति पुरस्कार बहुआयामिक व्यक्तित्व किशोर पहाडीलाई प्रदान गरिएको खबर छ । चक्रपाणि स्मारक प्रतिष्ठानबाट प्राप्त समाचारअनुसार चक्रपाणि चालिसेको १३९ औँ स्मृति दिवसको अवसरमा हिजो एक समारोहका बीच पहाडी सम्मानित हुनुभएको हो ।

पहिलो राष्ट्रिय गानका रचयिता चक्रपाणि चालिसेको स्मृतिमा स्थापित रु. २० हजार राशी र सम्मानपत्रसहितको सो पुरस्कार प्रत्येक वर्ष कार्तिक २० गतेका दिन प्रदान गरिन्छ ।

समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागका प्रमुख एवम् वरिष्ठ आख्यानकार प्राज्ञ माया ठकुरी कार्यक्रममा अलि ढिलो भइदिनाले कार्यक्रमका विशिष्ट अतिथि चक्रपाणि चालिसेको पारिवारिक सदस्य पूर्व राजदूत डा. सुरेश चालिसेले सम्मानित किशोर पहाडीलाई सम्मान गर्नु भएको थियो ।

पछि प्रमुख अतिथि ठकुरीले पहाडीबारे बोल्दै उनी बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । चार दशकदेखि कथा, रङ्गमञ्च, सडक नाटक, कविता, निर्देशन, लघुकथा, सम्पादन आदिमा सक्रिय रहँदै साहित्यिक पत्रकारीतामा सक्रिय पहाडीजस्ता व्यक्तित्वलाई सम्मान गर्न पाउनु आफ्नो ठूलो अवसर भएको बताउँदै नेपाली भाषा र कलासंस्कृतिको जगेर्नाका लागि अहोरात्र खट्ने व्यक्तित्वको सही मुल्याङ्कन भएकामा गौरव महसुस गर्नुभएको बताउनुभयो ।

सम्मानित व्यक्तित्वको जीवनवृत्ति र योगदानका बारेमा चर्चा गर्दै वरिष्ठ साहित्यकार कृष्ण प्रधानले किशोर पहाडी त्यागी र सरल व्यक्तित्व भएको जिकिर गर्नुभयो । २०४८ सालको युवा वर्ष मोती पुरस्कारसमेत बहिष्कार गर्नुभएका पहाडीले यो पुरस्कार स्वीकार गरेर पहिलो राष्ट्रिय गानका लेखक चक्रपाणि चालिसेको उच्च सम्मान गरी नेपाली भाषा र साहित्यप्रतिको उनको योगदानको उचित कदर गर्नुभएको बताउनुभयो ।

नेपाली कथामा यौन, समाज, राजनीति र मनोवैज्ञानिक कथा लेख्दै रङ्गमञ्च, सडक नाटक अभिनय, निर्देशन गर्दै कविता, लघुकथा आदि लेख्दै दशकौँदेखि योगदान पुर्याउनुभएको पहाडीलाई सम्मान गर्नु सम्मानकै सम्मान भएको बताउनुभयो ।

सम्मानित व्यक्तित्व किशोर पहाडीले सडक नाटकका क्रममा बटुलेका अनुभव सुनाउनुभयो । आफूले फेसबूक, र अन्य कुनै पनि अनलाईन नभएको बेलादेखि पेन लभर्स इन नेपाल नामक वेबसाइट पत्रिका र शब्दपथ साहित्यिक पत्रिका सञ्चालन गर्नुभएको अनुभव सुनाउँदै कार्यक्रमका दौरान माथिल्लो मुस्ताङ्ग जाँदा त्यहाँका जीवनभरि ननुहाएकाहरूलाई खाना खानुअघि हात धुनुपर्छ भनेर सिकाएको स्मरण गर्नुभयो । नेपालका एक ख्यातिप्राप्त त्यागी र निष्ठावान व्यक्तित्व पहिलो नेपाली राष्ट्रिय गानका लेखक चक्रपाणि चालिसेको स्मृतिमा स्थापित सम्मान आफूलाई प्रदान गरिएकामा हर्ष व्यक्त गर्दै प्रतिष्ठानलाई धन्यवाद अर्पण गर्नुभयो ।

सोही कार्यक्रममा वरिष्ठ साहित्यकार वैजनाथ चालिसेद्वारा चक्रपाणि चालिसेको सम्मानमा स्थापित वैजनाथ शुभद्रा प्रोत्साहन पुरस्कार पनि प्रदान गरिएको छ । सूर्यविनायक नगरपालिकाभित्र रहेका. स्कुलमध्येबाट एसइइ परीक्षामा सामेल भई नेपाली भाषा र अन्य विषयमा समग्र जिपिए प्वाइँट ४ ल्याउने विद्यार्थीहरूलाई प्रदान गरिने सो पुरस्कार यो वर्ष प्रिसियस पब्लिक स्कुलकी छात्रा दीक्षा भुषाल र माउन्ट भ्यू बोर्डिङ स्कुलका छात्र कार्यराज दाहाललाई रु. ५/५ हजारसहित प्रशंसापत्र प्रदान गरेको हो ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष एवम् प्रशिद्ध गीतकार सुवासचन्द्र ढुङ्गेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपालका ख्यातिप्राप्त कवि एवम् विविध विद्यालयका विद्यार्थीहरूले कविता वाचन गर्नुभयो । प्रसिद्ध कवि रमी प्रिया, दीप्स शाह, लक्ष्मी घिमिरे, विपिनचन्द्र बनेपाली, निराजन मौद्गल्य, मुरारि सिग्देल, बसन्त नकर्मी, श्याम माकजू, ईश्वर थोकर, दिनेश पाण्डे, राजेशमान केसी र ज्ञानप्रसाद पाण्डेले आफ्ना मौलिक कविता र गजल प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा विविध विद्यालयका कवि सुधी त्रिपाठी, स्वयना मगर, सोनिका थापा, तृप्ति हुमागाईँ, करुण घिमिरे, सुभाषण गोसाईँ, अनिस थापा, स्वेच्छा उप्रेती, कृषा भुजू, रसिला कस्पाल, जिना खिउँजू, निश्चय बखुन्छेँ, गरिमा भण्डारी, निर्जला सतशंकर, ऋजना प्रजा र निराजन अछामीले आफ्ना कविता प्रस्तुत गर्नुभयो ।

प्रतिष्ठानका सदस्य सचिव रामगोपाल आशुतोषले विद्यार्थी कविका कवितामध्येबाट चार उत्कृष्ट कविता छानी अरनिको माविका छात्र निराजन अछामीको कविता बालापन कवितालाई सर्वोकृष्ट घोषणा गर्दै रु. ५००/ प्रोत्साहन पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवम् प्रसिद्ध कवि, आख्यानकार एवम् स्तम्भ लेखक अभय श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै चक्रपाणि चालिसेको जीवनवृत्तिबारे छोटो चर्चा गर्नुभएको थियो ।

०००
-शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x