साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता नबन्ने म त

पाए भोट चुनावमा छल गरी बन्छौं भनी साँसद । थाले दाम हसुर्न राष्ट्र करको लिन्छन् सँधै हुर्मत । ती हाम्रा मतले बन्यो महलको ढल्दै नढल्ने छत । माटो सुन्दर मास्न छल्न कसिने नेता नबन्ने म त ।

Nepal Telecom ad

सत्तामा छलछाम झेल नभए नेता नबन्ने भयो ।
पैसाले पद किन्न दाम नझिके मन्त्री नबन्दै गयो ।।
नारा झूठ दिई दिमाग भुटिँदा कस्तो हुने हालत ।
स्वार्थै स्वार्थ लिएर देश लुटिने नेता नबन्ने म त ।।

गुण्डा साथ रहेर रक्षक हुँदा मान्दै नमान्ने डर ।
बन्ने देश भएन पत्रु हुन गो नेता भए बाँदर ।।
राम्रा विज्ञहरू गए पर पुगे बाँकी भए लम्पट ।
गुण्डाराज सँधै चलाउन भनी नेता नबन्ने म त ।।

हाम्रो राष्ट्रियता विखण्डन भयो नेता हुँदा कारण ।
मन्त्री साँसद बन्न उद्दत हुने छन् कार्यकर्ता गण ।।
धान्ला के भन देशले नगदमा बण्डा गरेका पद ।
बिक्ने राष्ट्रियता अँगाल्न कहिल्यै नेता नबन्ने म त ।।

लाग्दैछन् परदेशतर्फ बलिया खाडी बने उर्वर ।
बाँझा खेतहरू बने चउर झै बारी भए जर्जर ।।
कुर्दैछन् घर बालवृद्ध महिला छैनन् मलामी तक ।
बेच्ने त्यो परदेशमा नवयुवा नेता नबन्ने म त ।।

पाए भोट चुनावमा छल गरी बन्छौं भनी साँसद ।
थाले दाम हसुर्न राष्ट्र करको लिन्छन् सँधै हुर्मत ।
ती हाम्रा मतले बन्यो महलको ढल्दै नढल्ने छत ।
माटो सुन्दर मास्न छल्न कसिने नेता नबन्ने म त ।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x