साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२८ औं श्रृङ्खला

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२८ औं श्रृङ्खला स्वतन्त्र काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ साल मंसिर ७ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२८ औं श्रृङ्खला स्वतन्त्र काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं डा. बमबहादुर थापा जिताली ज्यूको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जितालीले आज प्रकृति सौन्दर्य, समसामयिक विषयका कविताहरू आए, चनावका पनि आए भन्नु हुँदै चसाप्रनेले १२८ औं सम्म निरन्तर कार्यक्रा गर्ने कुरा चानचुने होइन, चन्द्रागिरिलाई जति प्रशंसा गरे पनि थोरै हुन्छ भन्नु भयो । विशेष गरि जनार्दन धड्कनजीले साहित्यको उचाई प्राप्त गर्दै गएकोमा खुशी व्यक्त गर्नु भयो ।

विशिष्ठ अतिथि कलानिधि दाहाल ज्यूले आज पनि धेरै खोरिया नै आए । खोरिया लेख्ने स्रष्टा गुणात्मक बृद्धि भएकोमा खुशी व्यक्त गर्नु भयो । विशिष्ठ अतिथि गंगा लिगलले शुभकामना व्यक्त गर्नु हुँदै रचना वाचन गर्नु भयो ।

सीता पाण्डेको कुशल उदघोषणमा भएको काव्य गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमश आर्त अकुलिन, लक्ष्मीप्रसाद मिश्र, अनुराधा थापा, टेकबहादुर लौडारी, सुरेशचन्द्र घिमिरे, संगीता ठाकुर, शारदा आचार्य, सविता केसी, उत्तम भेटवाल, चन्द्रावती अधिकारी, उमा ओडारी, उर्मिला पन्त लगायत २० जना सर्जकहरूले आ-आफ्ना रचना वाचन गर्नु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको रुपमा खोरिया लेखनको सैद्धान्तिक अवधारणा बारे प्रष्ट पार्नु हुँदै खोरिया विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत लेखन अभ्यास गरिरहनु भएकोमा खुसी एबं गर्व लागेको छ बताउनु भयो । प्रमुख अतिथि ज्यू, विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूणर् अतिथि आमन्त्रित साहित्यकारहरूमा धन्यवाद ज्ञापन गरि आफ्नो खोरिया र गद्य कविताका साथ कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x