साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पद, मद र कद

हाँस्यो मानव बिर्सिई मनुजता लत्री झुकाई शिर, खाल्डो खन्छु अरू भनेर त्यसमा पर्ने म नै आखिर ।

Nepal Telecom ad

भन्थ्यो पर्वत ढाल्न सक्छु मदले डुक्रेर साँढे तर
फर्क्यो ऊ सिङ भाँचिएपछि दुवै रक्ताम्य बन्दै घर ।
उर्लन्छन् खहरे हुँदा जल सुके हुन्छन् निकै निर्धन
आगोमा दुध पोखिएसरि उँधो गिर्छन् घमन्डी जन ।।

देखेँ याचकतुल्य मानवपना आक्रान्तझैँ, खिन्नझैँ
भन्थ्यो मानवभित्र मानव हुने संसार होला र खै ।
हाँस्यो मानव बिर्सिई मनुजता लत्री झुकाई शिर
खाल्डो खन्छु अरू भनेर त्यसमा पर्ने म नै आखिर ।।

पैसा, इज्जत, मान, शान पदको भोको बनेको छ ऊ
आफ्नैबाट फसाइएर बलिको बोको बनेको छ ऊ ।
दौडेको छ हतारमा दिनदिनै हेर्दै घडीका सुई
खोला भेट्छ समुद्र कोसिस गरे मान्छे उहीँको उहीँ ।।

औँलो एक उठ्यो खराब छ भनी तोकेर अर्कातिर
बुझ्दैनौ किन मूर्ख चार अँगुली फर्के नि आफैँतिर ?
प्राणीको कुभलो चिताउन पुगे गर्नेछ आफ्नै खति
अर्काको गुणदोष हेर्नु पहिले आफ्नो सुधारौँ मति ।।

देखी सुन्दर पुष्प यौवन सबै हुन्छन् समाकर्षित
गर्दा लोभ पसेर भित्र भमरा फस्छन् नराम्रोसित ।
देखिन्नन् भयमुक्त मानिस कुनै भण्डार आफ्नो भरी
मौरी मर्छ अरे डुबेर महमा के गर्नु जम्मा गरी ?

०००
सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x