सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देवकोटा पार्क काँकरभिट्टामा कविगोष्ठी

विशेष व्यक्तिका रुपमा गाेष्ठीमा इलामे साहित्यकार, प्रसिद्ध कवि शिव अधिकारी ‘इलामे जेठो’ को उपस्थिति रहेको थियो ।

Nepal Telecom ad

झापा, ०८० जेठ ६ । सुसेली साहित्यिक परिवारले आयोजना गरेको देवकोटा पार्क काँकरभिट्टामा कविगोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रमको औपचारिक संचालन सदस्य ज्ञानेन्द्र ढु्गानाले गर्नुभयो र परिवारका अध्यक्ष पुण्यप्रसाद खरेललाई अध्यक्षता गराएर सुरु गर्नुभयो । विशेष व्यक्तिका रुपमा गाेष्ठीमा इलामे साहित्यकार, प्रसिद्ध कवि शिव अधिकारी ‘इलामे जेठो’ को उपस्थिति रहेको थियो । बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, पूर्व शिक्षक बुद्धशान्ति-४ निबासी बुद्धिकुमार केरुङज्यू समेतलाई आसन ग्रहण गराएर कविगोष्ठी सुरु भयो ।

गोष्ठीमा हरिनारायण भट्टराई, परशुराम तिमसिना, शिवकुमार पौडेल, भूवन सुब्बा, दुर्गा भेटवाल, ज्ञानेन्द्र ढुङ्गाना, शिव अधिकारी, केन्द्रप्रसाद भट्टराई, नमूना निरौला दाहाल, दमयन्ती गिरी तथा पुण्यप्रसाद खरेलले कविता सुनाउनु भयो ।

सुनाइएका कविताको भावार्थ टिप्पणी संक्षिप्तमा पुण्यप्रसाद खरेलले गरेर, सबै उपस्थितप्रति धन्यवाद व्यक्त गर्दै र आगामी असारको पहिलो सुकबार फेरि उपस्थित हुन आग्रह गर्दै गोष्ठीको समापन गर्नुभयो ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad