साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अँध्यारो नगरी

उसको एउटा आँखा निकालियो ।

Nepal Telecom ad

राजमहलमा रात्रिभोज थियो । एउटा मान्छे त्यहाँ आयो र राजालाई दण्डवत् गरेर लम्पसार पर्यो । भोजमा आएका सबैले उसलाई हेर्न थाले । उसको आँखा निकालिएको थियो र त्यहाँबाट रगत बगिरहेको थियो ।

राजाले उसलाई सोधे, ‘तिम्रो यो अवस्था कसरी भयो ?’
उसले भन्यो, ‘महाराज ! पेसाले म एक चोर हुँ । औँसीको राति म एक धनी पसलेकहाँ चोरी गर्न गएँ । झ्यालबाट भित्र जाने हुँदा झुक्किएर जुलाहाको पसलमा पसेछु । अँध्यारोमा म त्यहाँको चर्खामा ठोक्किन पुगेँ र मेरो आँखा निस्कियो । अब, हे महाराज ! त्यो जुलाहाबाट मलाई न्याय दिलाई पाउँ ।’

राजाले जुलाहालाई बोलाएर ल्याउन सिपाहीलाई आदेश दिए । ऊ आयो र उसको आँखा झिक्ने निर्णय सुनाइयो ।

‘हे, महाराज !’ जुलाहाले भन्यो, ‘तपाईंले एकदमै उचित न्याय सुनाउनु भयो । मेरो आँखा निकाल्नै पर्ने हो । तर दुुक्खका साथ मैले के निवेदन गर्नै पर्छ भने कपडा बुन्दा मैले दुवैतिर हेर्नपर्छ । यसकारण मलाई दुवै आँखाको खाँचो छ । तर एउटा आँखा त जसरी भए पनि चाहिएको छ । मेरो छिमेकमा एउटा मोची बस्छ । उसका पनि दुइटा आँखा छन् र उसको पेसालाई दुइटा आँखाको खाँचो पनि पर्र्दैन ।’

राजाले मोचीलाई बोलाउन सिपाही पठाए । ऊ आयो र उसको एउटा आँखा निकालियो ।
न्याय सम्पन्न भयो ।

मुल लेखक : खलिल जिब्रान

(हरपलबाट जस्ताकाे तस्तै)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x