साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खलहरू जति थिए

जे भएन त्यही कम छ, के के हुन सक्छ यहाँ मर्यादाका हत्यारा नै जहाँ पालक बनेका छन्

Nepal Telecom ad

खलहरू जति थिए आज नायक बनेका छन्
सुख हाम्रा लिई तिनै दुखदायक बनेका छन् ।

प्रतिभाको कदर खै कसले गर्न जान्यो यहाँ
घोटिएको रील जस्तै सच्चा गायक बनेका छन् ।

राख्न दिइएको बन्दुक जनतातिरै सोझ्याएर
हवल्दारी पारा लिई खुबै लायक बनेका छन् ।

खोटा सिक्काहरूले नै छोपेका छन् बजारलाई
म्याद नाघेको औषधि भै हाम्रा साधक बनेका छन् ।

जे भएन त्यही कम छ, के के हुन सक्छ यहाँ
मर्यादाका हत्यारा नै जहाँ पालक बनेका छन् ।

तन्नेरीको जोस पानी पानी भएजस्तो लाग्छ
बालकहरू बूढा जस्ता, बूढा बालक बनेका छन् ।

गोठाला हो होस राख तिम्रा पाठा खाइदेलान्
ब्वाँसाहरू छाला ओढी सोझा शावक बनेका छन् ।

पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x